समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

जीवन विज्ञान यूकेले मनायो छैठौं वार्षिकोत्सव

  शीतलपाटीन्युज डटकम | २० माघ २०८२, मंगलवार ०४:०८

GNNNEWS-

लन्डन —बेलायतमा क्रियाशील सामाजिक संस्था जीवन विज्ञान यूकेले आइतबार भर्चुअल माध्यमबाट आफ्नो छैठौं वार्षिकोत्सव मनाएको छ।

जीवन विज्ञानका संस्थापक गुरु एल.पी.भानु शर्माले जीवन विज्ञान अभियान सम्पूर्ण विश्वका लागि अध्यात्मको मार्गचित्र भएको उल्लेख गर्दै नेपालले हजारौं वर्षदेखि संरक्षण गर्दै आएको प्रामाणिक ध्यान र योग परम्परालाई विश्वसामु प्रस्तुत गर्नु आजको आवश्यकता भएको बताए। “प्रत्येक नेपाली जन्मजात योगी हो,” उनले भने,“युद्ध र अशान्तिले आक्रान्त विश्वलाई नेपालले स्वास्थ्य,शान्ति र आरोग्यको सन्देश दिन सक्छ।”

गुरु शर्माले नेपाललाई हिमवत् खण्ड र आरोग्य भूमिको रूपमा चित्रण गर्दै नेपालको आर्थिक प्रगति र समृद्धिको मेरुदण्ड आरोग्य पर्यटन हुन सक्ने धारणा राखे। उनले आरोग्य पर्यटन नीति बनाउन नेपाल सरकारसंग काम गरिरहेको बताउंदै यसलाई नेपालको भविष्यको ठूलो सम्भावनाका रूपमा व्याख्या गरे। “यदि कोही रोगी र भोगी छ भने त्यो नेपाली होइन। नेपालीले ठगी, भ्रष्टाचार र अनैतिक कामबाट जीवन चलाउँदैन।”

उनले आगामी जुलाई २५ देखि ३१ सम्म चक्र विज्ञान र अगस्ट १ देखि ७ सम्म दक्षिणपूर्वी लन्डनमा चक्र विज्ञान तथा ऐश्वर्य विज्ञान प्रशिक्षण सञ्चालन हुने समेत अवगत गराए । उनका अनुसार चक्र विज्ञानले मानव शरीरभित्र रहेका सात शक्ति केन्द्रलाई जागृत गरी आन्तरिक बल प्रदान गर्छ भने ऐश्वर्य विज्ञानले जीवनमा सुख,शान्ति र समृद्धिको आधार तयार पार्छ।

यसै गरी गुरुदेव रमेश नेपालले चक्र विज्ञान र ऐश्वर्य विज्ञान जीवनको सुख,शान्ति र समृद्धिको आधार भएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले जीवन विज्ञान यूकेको योगदानको प्रशंसा गर्दै समाजका लागि समर्पित भावनाका साथ काम गर्नु सराहनीय रहेको बताए। “जीवन जिउने कला मात्रै होइन, आफूलाई चिन्ने ज्ञान पनि जीवन विज्ञानले दिएको छ,”उनले भने। केही वर्षअघि परराष्ट्र मन्त्रालय तथा दूतावासमा आयोजित कार्यक्रममा जीवन विज्ञान यूकेको सहभागिता स्मरण गर्दै उनले गत २१ डिसेम्बर २०२५ का दिन दूतावासमा विश्व ध्यान दिवस आयोजना गर्न सहकार्य गरेकोमा जीवन विज्ञान यूकेलाई धन्यवाद दिए । दुवाडीले नेपाली समुदायसहित सबै समुदाय लाभान्वित हुने गरी यो अभियान निरन्तर चलिरहोस् भन्ने शुभकामना व्यक्त गर्दै दूतावासको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाए।

ट्रष्टी तुलसी पौडेलले संस्थाको पछिल्लो एक वर्षको गतिविधिबारे संक्षेपमा जानकारी गराए । उनले जीवन विज्ञान यूकेको स्थापना १ फेब्रुअरी २०२० मा भएको र डिसेम्बर २०२३ मा गीता जयन्तीदेखि दैनिक योग साधना सुरु हुनु भन्दा पहिला गुरु एल पी भानु शर्माद्वारा वाचन गरिएको गीता श्लोक दैनिक श्रवण गरिने गरेको पनि जानकारी दिए। संस्था च्यारिटी कमिशनमा दर्ता भइसकेको र प्रत्येक आइतबार भौतिक रूपमा योग साधना कार्यक्रम सञ्चालन हुँदै आएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा भजन, नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश थिए। कार्यक्रमको सुरुमा पं.निलहरि घिमिरेले दीप प्रज्वलन गर्दै गणेश भजन प्रस्तुत गरेका थिए। अम्बिका गुरुङ, बन्दना चापागाईं तथा दीपा सिटौलाले सामूहिक नृत्य प्रस्तुत गरे भने संस्कार रानापैलीले गणेश मन्त्र र शान्ति मन्त्र वाचन गरेका थिए। त्यस्तै शिवानीकेसी,रुबिना श्रेष्ठ,योगेन्द्र लिम्बु र मिश्रा लिम्बुले पनि भजन सुनाएका थिए। मंजु खरेल सापकोटाले आफ्नो अनुभव सुनाइन्।

कार्यक्रमको अन्त्यमा ट्रष्टी प्रेम खड्काले जीवन विज्ञानका संस्थापक गुरुदेवद्वय,प्रमुख अतिथि,प्रशिक्षक तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रम सञ्चालन ट्रष्टी तथा योग प्रशिक्षक सरिता शर्माले गरेकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ