शीतलपाटीन्युज डटकम।
काठमाण्डौ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण,सुशासन र शान्ति-सुरक्षामा विशेष योगदान पुर्याएको भन्दै नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीलाई विशेष पुरस्कार प्रदान गरेको छ।
आज एक विशेष कार्यक्रमका बीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रहरी प्रमुख आइजीपी दान कार्कीलाई विशेष सम्मानस्वरूप पुरस्कार प्रदान गर्नुभएको छ।
भ्रष्टाचार नियन्त्रण,अनुसन्धानमा उल्लेखनीय योगदान पुर्याएकोमा पुरस्कृत प्रहरी अधिकारीहरूको पनि म प्रशंसा गर्छु।आइजीपी दान बहादुर कार्कीले भने यो मान्यताले नेपाल प्रहरीमाथि जनताको विश्वासलाई सुदृढ पार्दै निष्ठा,जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम राख्ने हाम्रो संकल्पलाई बलियो बनाउँछ।
(श्रोत-इश्वर दुलाल)
प्रतिक्रिया