शीतलपाटीन्युज डटकम।
लमजुङ। नेपालको घर भइ अमेरिका गई बसोबास गरेका नेपालीहरुको भेलाले नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ जिताउन अभियान चलाउने निर्णय गरेका छन्। नेकपा एमालेका उम्मेदवार गुरुङलाई जिताउन प्रभुराम थापाको नेतृत्वमा १ सय ११ सदस्यीय सहयोग समिति निर्माण गरि अभियान चलाउने निर्णय गरेका गरेका हुन् ।
हिजो भएको भर्चुअल भेलाले अमेरिकामा रहेका प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी उपसचिव प्रभुराम थापाको नेतृत्वमा गुरुङलाई बिजयी गराउन सहयोग कमिटी निर्माणको साथै ५ वाटै माहदेश संयोजक र सचिवालय समेतको गठन गरिएको सहयोग समिति संयोजक प्रभुराम थापाले जानकारी दिए।
जसमा अमेरिका संयोजक बिन घले, युरोप संयोजक गोविन्दराज पान्डेय, ओसियाना संयोजक आत्माराम खनाल, पूर्वी एसिया संयोजक सत्य घले र मध्यपूर्व संयोजकमा बावुराम सापकोटालाई तोकिएको छ। अभियान तीव्र बनाउन २५ सदस्यीय सचिवालय समिति पनि निर्माण गरिएको छ। भर्चुअल भेलामा नेकपा एमालेका उपाध्यक्ष तथा लमजुङका प्रतिनिधिसभा सदस्य उमेदवार पृथ्बीसुब्बा गुरुङ,संविधानसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले,केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मञ्चकम निवर्तमान अध्यक्ष संजय थापा,नेकपा एमाले लमजुङ जिल्ला कमिटी अध्यक्ष राजकुमार बिष्ट लगाायतको सहभागिता रहेको थियो।
सो अवसरमा एमाले उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङले स्थानीय तथा केन्द्रीय एजेन्डामा काम गर्न आफू २०४३ सालदेखि सक्रिय रहेको बताएका थिए। उनले लमजुङको जनप्रतिनिधि हुँदा आफ्नो अर्जुनदृष्टि समृद्ध लमजुङ निर्माणमा रहने समेत प्रतिद्दता व्यक्त गरेका थिए।
उनले लमजुङलाई देशकै नमुना जिल्ला बनाएर विदेशिएका नेपाली घर फर्किँदा गौरव गर्न लायक बनाउने निरन्तरको संकल्प तथा विकासको काम अझ अघि बढाउने बताएका थिए।
प्रतिक्रिया