समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

एनआरएनए स्कटल्याण्डद्वारा विद्यार्थीका समस्याबारे अन्तरक्रिया सम्पन्न

  शीतलपाटीन्युज डटकम | ७ फाल्गुन २०८२, बिहीबार १७:४३

शीतलपाटीन्युज डटकम।
स्कटल्याण्ड,यूके। पछिल्ला केही वर्षमा उच्च शिक्षाका लागि बेलायत आउने नेपाली विद्यार्थीहरू रोजगारीको समस्या,बसोबासको अभाव,ठगी,शैक्षिक तयारीको कमी,मौसम तथा वातावरणसँग घुलमिल हुन कठिनाइ जस्तै समस्याका कारण संघर्ष गरिरहेका छन्।यिनै गम्भीर समस्याहरूका सम्बन्धमा एनआरएनए स्कटल्याण्डद्वारा ग्लास्गोस्थित पशुपति मन्दिरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।

एनआरएनए स्कटल्याण्ड राज्य समन्वय परिषद्का संरक्षक काशीराम भण्डारीको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा एनआरएनए स्कटल्याण्डका अध्यक्ष शेरबहादुर केसीले नेपाली विद्यार्थीहरूको सहयोगका लागि सधैं प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। केसीले ल्याण्डलर्ड तथा रोजगारदाता कम्पनीहरूबाट हुने अन्यायपूर्ण व्यवहारप्रति चिन्ता व्यक्त गर्दै बेलायत सरकारले तोकेको न्यूनतम पारिश्रमिक प्रदान गर्न नेपाली व्यवसायी लगायत सबै रोजगारदातालाई अपिल गर्नुभयो। कार्यक्रममा एनआरएनए यूकेका उपाध्यक्ष राम प्रसाद कंडेल महासचिब,सचिव,कार्यसमिति सदस्य हरु सल्लाहकारको पनि सहभागिता रहेको थियो र कार्यक्रममा एनआरएनए यूकेका महासचिव दिवाकर पाण्डेले एनआरएनए नेपाली विद्यार्थीहरूको समस्या समाधान गर्न सधै तत्पर रहेको बताउनु भयो।

युनिभर्सिटी अफ स्ट्राथक्लाइड,स्कटल्याण्डका प्रोफेसर डा.चन्द्र थापाले विद्यार्थीहरूलाई सानातिना समस्याबाट विचलित नभई आफ्नो लक्ष्यप्रति निरन्तर लागिरहन र करियरमा केन्द्रित हुन सुझाव दिनुभयो।यस्तै गरि वेस्ट युनिभर्सिटी अफ स्कटल्याण्डका लेक्चरर डा.राधा अधिकारी,लारा ज्याक्सन तथा नर्सिङ एसोसिएसन स्कटल्याण्डकी अध्यक्ष सरोजा अर्यालले नर्सिङ अध्ययनका लागि आउने विद्यार्थीहरूलाई नेपालस्थित केही एजेन्सीहरूले सही जानकारी नदिँदा ठगीका घटनाहरू भएको उल्लेख गर्दै सचेत रहन आग्रह गर्नुभयो।

एनआरएनए स्कटल्याण्डका प्रमुख सल्लाहकार डा.राम अधिकारीले नेपाली विद्यार्थीहरूले भोग्ने भिसा समस्या,सांस्कृतिक भिन्नता,मानसिक स्वास्थ्य,रोजगारी खोजी तथा करियर मार्गदर्शनसम्बन्धी विषयमा प्रकाश पार्दै यस्ता कार्यक्रमहरूको आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा नेपाली पिएचडी विद्यार्थी सविन सुबेदीले युकेमा अध्ययनका चुनौती,अवसर तथा रोजगार बजारबारे प्रस्तुति दिँदै युके आउनुअघि रहेको बुझाइ र काल्पनिकताबीचको अन्तर तथा त्यसले निम्त्याएका चुनौतीबारे आफ्नो अनुभव साझा गर्नुभयो। यसैगरी विद्यार्थीहरू चक्रप्रसाद जोशी र राजन भट्टले एनआरएनए स्कटल्याण्डलाई धन्यवाद दिँदै विद्यार्थीहरूको सामूहिक प्लेटफर्ममा जोडिन र सहकार्य गर्न सुझाव दिनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूहरूले भोगेका कठिनाइ, रोजगारी समस्या,कोठा भाडाको समस्या तथा विभिन्न स्थानमा ठगीमा परेको विषयमा आक्रोश व्यक्त गर्दै एनआरएनए स्कटल्याण्डबाट सहयोगको अपेक्षा गरेका थिए।

यूकेमा विद्यार्थी भिसामा आएका विद्यार्थीहरूलाई सीमित समय मात्र पार्टटाइम काम गर्न अनुमति हुन्छ। काम पाउन कठिनाइ,न्यून पारिश्रमिक,अनुभवको अभाव तथा भाषागत समस्याका कारण धेरै विद्यार्थीहरू मानसिक र आर्थिक दबाबमा रहेको एनआरएनए स्कटल्याण्डका सचिव माधव भण्डारीले बताउनुभयो।“हामी तपाईंका साथमा छौं”भन्ने सन्देशसहित सम्पन्न उक्त कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा र सहकार्यको नयाँ आयाम थपेको उहाँले बताउनुभयो। सचिव भण्डारीले भविष्यमा पनि यस्ता अन्तरक्रिया,परामर्श तथा क्षमता विकास कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने,विद्यार्थीहरूको आवाज सुन्ने,बुझ्ने र व्यावहारिक सहयोग गर्ने प्रयासमार्फत समस्यालाई केही हदसम्म कम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

एनआरएनए युके,राज्य समन्वय परिषद स्कटल्याण्डले अर्को हप्ता सोमबार एदिन्बर्गमा BLOOD DONATION को आयोजना गरेको र सहभागी हुन सबैमा हार्दिक अनुरोध पनि गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ