GNNNEWS-
लन्डन – युकेमा स्थापना गरिएको संस्था ब्रिज नेपालले बेलायतमा अध्यनरत नेपाली लगायत अन्तरराष्ट्रिय विद्यार्थीहरुले भोग्नु परिरहेका समस्याबारे छलफल गर्न एक वेबिनार आयोजना गर्न लागेको छ। यही शनिबार २१ फेब्रुअरी,युके समय बिहान ११ बजे आयोजना गरिने उक्त वेबिनारमा विभिन्न क्षेत्रका विज्ञहरुले प्रस्तुति दिने छन्।
खासगरी नेपाली विद्यार्थीहरुले पर्याप्त जानकारी विना ब्रिटिश विश्वविद्यालयहरुमा भर्ना लिने,ट्युशन फी,खाने बस्ने खर्चको समयमै जोहो गर्न नसक्ने,काम तथा डेराको समस्या र अध्यागमन सम्बन्धी नियमहरु बारे जानकारीको अभावको सम्बन्धमा पनि वेबिनारमा छलफल गरिने ब्रिज नेपालका निर्देशक डा जगन कार्कीले बताए।
वेबिनारमा बेलायतका लागि नेपाली राजदूत बिपिन दुवाडीले प्रमुख वक्ताको रुपमा आफ्नो मन्तव्य दिने छन् भने मर्जिंग नेपसक्सका अध्यक्ष पवन कडेल तथा बिज एडुकेशनका निर्देशक हरि कार्कीले प्रस्तुति दिने छन्। यसैगरी एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले ब्रिटिश अध्यागम कानुनले अन्तरराष्ट्रिय विद्यार्थीहरुमा परेको असर बारे जानकारी दिने छन्।
बेलायतमा अन्तरराष्ट्रिय विद्यार्थीहरुले भोग्नु परिरहेका समस्याबारे चासो राख्ने सबैलाई वेबिनारमा सहभागी भै दिन आयोजकले आग्रह गरेका छन्।
प्रतिक्रिया