समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

पर्याप्त आर्थिक जोहो गरेर मात्रै बेलायत पढ्न आउन नेपाली विद्यार्थीलाई सुझाव

  शीतलपाटीन्युज डटकम | १० फाल्गुन २०८२, आईतवार २२:०४

GNNNEWS-
लन्डन– पर्याप्त आर्थिक जोहो गरेर मात्रै बेलायत पढ्न आउन विज्ञहरुले नेपाली विद्यार्थीलाई सुझाव दिएका छन्। बेलायतस्थित संस्था ब्रिज नेपालले शनिबार आयोजना गरेको एक वेबिनारमा बोल्दै विभिन्न क्षेत्रका विज्ञहरुले आफ्नो आर्थिक अवस्था मजवुत नभए अण्डरग्रयाजुएट पढ्न नआउन सुझाव दिए।

बेलायतस्थित विश्वविद्यालयहरुका नेपाली विद्यार्थी समाजहरुको छाता संगठन मर्जिङ नेपसक्सका अध्यक्ष पवन कंडेलले पछिल्लो समय नेपाली विद्यार्थीहरुको आगमन संख्यामा उल्लेख्य वृद्धि साथै उनी हरुले थुप्रै समस्या व्यहोरी रहेको जनाए।

कंडेलले विद्यार्थीहरुले घर भाडा,जागिरदेखि विश्वविद्यालय कम्प्लाइन्ससम्म सास्ती भोग्नुपरेको बताए। कैयौं विद्यार्थीले विश्वविद्यालय शुल्क समयमै नतिर्नेमात्र होइन,असाइन्मेन्ट अरुलाई लेख्न लगाउने,अरुबाट हुबहु सार्ने (प्लेजरिजम) र नियमित हाजिरी नगरेका कारण पनि निष्कासनमा पर्ने गरेको बताए ।

बिज एडुकेशन यूकेका निर्देशक हरि कार्कीले ऋण लिएर आफ्ना सन्तानलाई अण्डरग्रयाजुएट पढ्न बेलायत नपठाउन आग्रह गरे । वर्षेनी १२ देखि १६ हजार पौण्ड ट्युशन फी तिरेर थोरै नेपाली परिवारले मात्रै आफ्ना सन्तानलाई बेलायत पढाउन सक्ने बताउंदै उनले महँगो ऋण लिएर युके पढ्न आउनु व्यवहारिक नभएको जनाए। मानसिक तनावका कारण कैयौं विद्यार्थीले अकालमै मृत्युवरण गर्न थालेको प्रसंग पनि उनले उल्लेख गरे।

विश्वविद्यालयहरुले नेपाली विद्यार्थीलाई अनावश्यक दुःख दिएको सन्दर्भमा लन्डनस्थित नेपाली दूतावासको कदम प्रशंसनीय रहेको उनले जनाए। वेबिनारमा एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले नेपाली विद्यार्थीको विभिन्न तथ्यांक प्रस्तुत गर्दै ब्रिटिश अध्यागमन कानूनले अन्तरराष्ट्रिय विद्यार्थीहरुमा परेको असरबारे जानकारी दिए। पछिल्लो समय पढ्न छाडेर विद्यार्थीहरु असाइलम क्लेम गर्ने प्रवृत्ति बढेकोप्रति चासो व्यक्त गर्दै सोलिसिटर थापाले त्यो रुटबाट विद्यार्थीले कुनै उपलब्धि हासिल गर्न नसक्ने भएकाले त्यता जांदै नजान सुझाए।

सहभागीहरुका प्रश्नको जवाफ दिंदै सोलिसिटर थापाले परिवर्तित अध्यागमन नियमका जटिलता र विद्यार्थीलाई परेका प्रभावबारे प्रष्ट पारेका थिए । बेलायतको अध्यागमन नियम उल्लंघन गरे वा ओभरस्टे भए १० वर्षसम्म यहां आउन बन्देज हुनेतर्फ पनि उनले सचेत गराए।

वेबिनारमा बेलायतका लागि नेपाली राजदूत बिपिन दुवाडीले खासगरि अण्डर ग्रयाजुएट अध्ययन गर्न यूके आएका विद्यार्थीले जागिरबाहेक विश्वविद्यालयमै पनि धेरै समस्या भोग्नुपरेको बताए । अध्ययन उद्देश्यले आएपछि विद्यार्थीले समेत आफ्नो पढाइप्रति गम्भीर हुन आवश्यक रहेको औंल्याउंदै दुवाडीले कतिपय विश्वविद्यालयहरुले नेपाली विद्यार्थीलाई अनावश्यक दुःख दिएको भन्दै नेपाल सरकारले कोभेंट्री विश्वविद्यालयको एनओसी अस्थायी रुपमा निलम्बन गरेको जानकारी दिए।

बेलायतमा जागिर अभाव हुंदा विद्यार्थीहरुले आर्थिक,मानसिक तनाव झेल्नु परेका धेरै उदाहरण आफूहरुसंग रहेको जनाउंदै कार्यवाहक राजदूत दुवाडीले शैक्षिक परामर्शदाता कम्पनीहरुलाई नेपालमा वास्तविकताको सट्टा मिठो सपना नबांड्न आग्रह गरे । दूतावासले विद्यार्थीका समस्या समाधानमा निरन्तर काम गरिरहेको बताउंदै अध्ययन सम्बन्धि केही समस्या भए जानकारी दिन पनि उनले अनुरोध गरे। यसअघि दूतावासले गत २९ जनवरीमा सबै सरोकारवालाहरुलाई बोलाएर नेपाली विद्यार्थीका समस्या तथा समाधानका उपायबारे अन्तरक्रिया आयोजना गरेको थियो ।

पत्रकार भगीरथ योगीले सञ्चालन गरेको कार्यक्रममा ब्रिज नेपालका निर्देशक डा.जगन कार्कीले बेविनारको उद्देश्यबारे प्रकाश पार्दै वक्ताहरु र सहभागीलाई स्वागत गरेका थिए। नेपाली विद्यार्थीहरुले पर्याप्त जानकारी बिना ब्रिटिश विश्वविद्यालयहरुमा भर्ना हुने,ट्युशन फी,खाने बस्ने खर्चको समयमै जोहो गर्न नसक्ने,काम तथा डेराको समस्या र अध्यागमन सम्बन्धी नियमहरुबारे जानकारी अभाव सम्बन्धमा छलफल गर्न कार्यक्रम गरिएको उनले प्रष्टयाए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ