समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

स्कटल्याण्डको ग्लास्गो पशुपतिनाथ मन्दिरमा नयां नेतृत्व,सर्वसम्मत अध्यक्ष निर्वाचित भए समाजसेवी काशीराम भण्डारी

  शीतलपाटीन्युज डटकम | १२ फाल्गुन २०८२, मंगलवार ०८:४५

शीतलपाटीन्युज डटकम।
लन्डन । स्कटल्याण्डको ग्लास्गोमा अवस्थित पशुपतिनाथ मन्दिरमा नयां नेतृत्व चयन भएको छ। पशुपतिनाथ मन्दिर ग्लास्गोको सोमबार सम्पन्न तेस्रो साधारण सभाले समाजसेवी एवं व्यवसायी काशीराम भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भयको समाचार छ ।

एनआरएनए स्कटल्याण्डका पूर्व अध्यक्ष एवं हालका प्रमुख संरक्षक सफल व्यवसायी भण्डारीको नेतृत्वमा ३ उपाध्यक्षहर नरिश्वर खराल,परशुराम सापकोटा र कृष भटुवाल समेत चयन भयका छन। त्यस्तैगरी सचिवमा डोली भट्ट, सहसचिवमा देवेन्द्र गैरे, कोषाध्यक्षमा शर्मिला भण्डारी, सहकोषाध्यक्षमा पर्शुराम भण्डारीसहित १६ सदस्यीय समिति गठन भएको हो।

नवनिर्वाचित अध्यक्ष काशीराम भण्डारीले आफूले अध्यक्षको जिम्मेवारीमा निर्बिरोध पायकोमा सबैप्रति आभार व्यक्त गर्दै मन्दिरको विकास,संरछण,पारदर्शी व्यवस्थापन र आर्थिक सुदृढीकरणका गर्न सबैलाई एकजुट बनायर अगाडि बढ्ने अठोट व्यक्त गरे ।

नेपाली समुदायका लागि महत्वपूर्ण आध्यात्मिक केन्द्रका रूपमा स्थापित ग्लास्गो पशुपति मन्दिर स्कटल्याण्डमा रहेका नेपाली हिन्दू समुदायको आस्था र विश्वासको केन्द्र मानिन्छ। स्थापना कालदेखि नै नेपाली समुदायको सक्रिय पहल,सहयोग र व्यवस्थापनमा सञ्चालन हुँदै आएको मन्दिरमा दैनिक रूपमा पण्डितद्वारा नियमित पूजा–आराधना हुँदै आएको छ। यसले सो इलाकामा बसोबास गर्ने नेपालीहरूलाई धार्मिक,सांस्कृतिक र आध्यात्मिक रूपमा एकताबद्ध गरेको छ। यद्यपि मन्दिरको आर्थिक अवस्था कमजोर भए पनि यसको सञ्चालन दाताहरूको सहयोग,श्रद्धालुहरूको योगदान तथा समुदायको उदार समर्थनमा निर्भर गरेको छ। सानासाना सहयोग र दानकै आधारमा मन्दिर व्यवस्थापन हुँदै आएपनि दीर्घकालीन स्थायित्वका लागि थप सशक्त आर्थिक योजना,कोषवृद्धि अभियान तथा सामूहिक योगदान आवश्यक देखिएकोले यो नया कार्यसमितीले मन्दिरलाई शसक्त संचालन गर्ने अग्रजहरुको बुझाइ छ।

स्कटल्याण्डमा नेपालीहरुको बढ्दो रोजगारी,व्यवसाय,अध्ययन र विभिन्न पेशामा संलग्न नेपालीहरूले आफ्नो पहिचान मजबुत बनाइरहेका छन्। नेपाली भाषा,संस्कृति,परम्परा र धर्म संरक्षणमा सामाजीक अभियन्ता र स्थानिय नेपालीहरुलाई मन्दिरहरूको आवश्यकता अझ महत्वपूर्ण बन्दै गएको छ।
(नेपालीलिंकबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ