समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

एनआरएनए यूकेले ग-यो मध्यपूर्वमा जारी युद्ध र हिंसाको कडा निन्दा

  शीतलपाटीन्युज डटकम | १६ फाल्गुन २०८२, शनिबार २०:१३

GNNNEWS-
लन्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले मध्यपूर्वमा जारी युद्ध तथा बढ्दो हिंसाको कडा शब्दमा निन्दा गरेको छ।

हिंसा र द्वन्द्वले निर्दोष जनतामाथि दुःख र पीडा मात्र थप्ने र विश्व शान्तिलाई गम्भीर खतरा पुर्‍याउने भन्दै एनआरएनए यूकेले सबै पक्षलाई संयमता अपनाउन र संवाद तथा शान्तिपूर्ण समाधानतर्फ अग्रसर हुन आह्वान गरेको छ।

साथै,एनआरएनए यूकेले बेलायत सरकारलाई युद्धमा संलग्न नहुन र यसको सट्टा द्वन्द्व अन्त्य गर्न तथा निर्दोष जीवनको रक्षा गर्न रचनात्मक भूमिका खेल्न पनि आग्रह गर्दछ।

एनआरएनए यूकेले मध्यपूर्वमा बसोबास गर्ने तथा काम गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित रहन, सतर्क रहन र स्थानीय निकाय तथा नेपाली दूतावासहरूको निर्देशन पालना गर्न हार्दिक अपिल गरेको छ।

“यस कठिन घडीमा एनआरएनए यूके सम्पूर्ण नेपाली समुदायसँग ऐक्यबद्धता व्यक्त गर्दछ,”विज्ञप्तिमा भनिएको छ।

इजरायल र इरानबीच आक्रमण सुरु भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ। यसले खाडी मुलुकमा कार्यरत लाखौं विदेशी श्रमिकसँगै नेपाली श्रमिकलाई पनि चिन्तित बनाएको छ। खाडी क्षेत्रमा मात्रै कार्यरत नेपालीको संख्या करिब १९ लाख रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ