समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता भब्य सम्पन्न

  शीतलपाटीन्युज डटकम | १७ फाल्गुन २०८२, आईतवार १५:४८

शीतलपाटीन्युज डटकम।
पोखरा। पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्यिक मञ्चले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। त्यसै क्रममा आज (सोमवार) मञ्चको आयोजनामा माध्यमिक तह (९—१२) स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।

शिक्षकहरू दिपेन्द्र थापा मगर र दिपक के.सी.निर्णायक रहनुभएको प्रतियोगितामा कक्षा ११ विज्ञान संकायका सन्दिप अधिकारी प्रथम,कक्षा ११ विज्ञान संकायकै सलिना खत्री द्वितीय, कक्षा १२ विज्ञान संकायका अर्जुन विश्वकर्मा तृतीय र कक्षा ११ विज्ञान संकायकी नम्रता अधिकारी चौँथो भएका छन् । साहित्यिक मञ्चका संरक्षक मन बहादुर भुजेलले प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्नभएको थियो। उहाँले विजयी विद्यार्थीलाई बधाई ज्ञापन गर्दै यस्ता रचनात्मक कार्यले विद्यार्थीमा सिर्जनशील क्षमताको विकास गराउने कुरामा जोड दिनुभयो । मञ्चका कार्य समिति सदस्य लियोन पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रम सल्लाहकार शुशिल नेपालीले सञ्चालन गरेको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो।
(पोखराक्लिक डटकम)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ