समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुले लिए शपथ

  शीतलपाटीन्युज डटकम | २५ फाल्गुन २०८२, सोमबार १५:२५

शीतलपाटीन्युज डटकम।
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले शपथ लिएका छन्।


सिंहदरबारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आज आयोजित एक समारोहका बीच राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष नव निर्वाचित सदस्यहरूले शपथ लिएका छन।

५९ सदस्यीय राष्ट्रिय सभामा एकतिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ। गत माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो।

जसअनुसार गत माघ ११ गते भएको निर्वाचनमा सातै प्रदेशबाट १८ जना नयाँ सांसद चुनिएका थिए।

जसमा कोशी प्रदेशबाट काँग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए भने निर्वाचनपछि एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भएका थिए। मधेशमा महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा, अल्पसंख्यक क्लस्टरमा काँग्रेसका रंजित कर्ण, दलित क्लस्टरमा काँग्रेसका धर्मेन्द्र पासवान र अन्यतर्फ महन्थ ठाकुर विजयी भएका थिए ।

बागमती प्रदेशबाट महिला क्लस्टरमा काँग्रेसकी गीता देवकोटा र अन्य क्लस्टरमा उम्मेदवार बनेका एमालेका डा। प्रेम प्रसाद दंगाल विजयी भएका थिए। राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकीबाट अन्यमा काँग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएका थिए।

त्यसैगरी लुम्बिनीबाट एमालेकी रामकुमारी झाँक्री महिला कोटाबाट, अपांगता कोटामा काँग्रेसका वासुदेव घिमिरे र अन्य समूहको कोटामा काँग्रेसकै चन्द्रबहादुर केसी विजयी भएका थिए। त्यस्तै कर्णालीबाट अन्य कलस्टरबाट उम्मेदवार बनेका काँग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिंह रखाल निर्वाचित भए भने सुदूरपश्चिमबाट महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी र खुल्लातर्फ काँग्रेसका खम्मबहादुर खाती विजयी भएका थिए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ