शीतलपाटीन्पुज डटकम।
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत डा हेमराज शर्माको अध्यक्षतामा नया नेतृत्व चयन गरिएको छ। गैरआवासीय नेपाली संघको १२औ सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन सुरु भएको छ। काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्र मन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका हुन्।

“बृहत एकता,लगानी र गौरव” को नारासहित काठमाडौँमा आयोजित महाधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर सुरुमा केही अन्योल देखिएपनि प्रमुख आकांक्षीहरूबीचको उच्च समझदारीले संस्थामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो। सो अनुसार डा हेमराज शर्मा अध्यक्ष चयन हुनुभएको छ भने अध्यक्षका उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको वृहत्तर हित र एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै शर्मा सर्वसम्मत अध्यक्ष चयन हुनुभयो। उम्मेदवारी फिर्ता लिएका शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्ष चयन हुने भएका छन्।

अध्यक्षमा डा.शर्मा सर्वसम्मत चयन भएसँगै सबै पदाधिकारी तहमा सहमतिको आधारमा नेतृत्वको खाका तयार पारिएको छ । उपाध्यक्षमा मलेसियाका खगेन्द्र न्यौपाने,युकेका रामशरण सिम्खडा, कतारका प्रबिन गुरुङ,बेलायतकी रोजिना प्रधान राई,दक्षिण कोरियाकी जुनु गुरुङ, अस्ट्रेलियाका महेन्द्र ओली, जाम्बियाका रोशन थापा, अस्ट्रेलियाका दिनेश पोखरेल, युएईका मनोज कुमार श्रेष्ठ,रबिन बज्राचार्य लगायत रहनुभएको छ। यसैगरी,महिला उपाध्यक्षमा हङकङकी राधिका गुरुङ (टीका) ले निर्विरोध हुनु भएको छ भने युवा उपाध्यक्षमा पोर्चुगलका भिमसेन थापा निर्विरोध हुनुभएको छ ।

यसैगरी महासचिव पदमा बेल्जियमका गंगाधर गौतम र चेक रिपब्लिकका डा.चिरञ्जीवी खड्का चयन हुनुभएको छ। यसैगरी उपमहासचिवमा जापानका टंक प्रसाद गैरे,बेलायतका दिनेश कुमार घिमिरे,अस्ट्रेलियाका डा.ज्ञानेन्द्र रेग्मी,जापानका पारसमणि पोखरेल चयन हुनुभएको छ।सचिवमा साउदी अरबका राजेन्द्र अर्याल, अस्ट्रेलियाका सुजन अधिकारी,क्यानडाका अभिमन्यु बस्नेत, बेल्जियमकी अनुजा प्रधान,अमेरिकाका बेदराज बस्नेत,क्यानडाका माधव दुलाल र जापानका सुपेन्द्र घिसिङ चयन हुने सहमति बनेको छ।
महिला सचिवमा चीनबाट प्रतिनिधित्व गर्ने अमृता थापा (कञ्चन) तथा कोषाध्यक्ष पदमा बेलायतका कृष्णप्रसाद तिमल्सिना चयन हुनुभएको छ। यसैगरी सहकोषाध्यक्षमा कतारका अब्दुल बासिद र मोहम्मद मुक्तदा मुसलमान तथा महिला सहकोषाध्यक्षमा दक्षिण कोरियाकी गंगा खतिवडा रहनिभएको छ।
यसैगरी युवा संयोजकमा जापानका नवीन निउरे चयन हुनुभएको छ भने मध्यपुर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ,एशिया प्याशिफिक क्षेत्रीय संयोजकमा दिपक कँडेल, युरोप क्षेत्रीय संयोजकमा रोबोट लिम्बु निर्विरोध चयन हुनुभएको छ। क्षेत्रीय तहमा संस्थाको सञ्जाल विस्तार गर्न क्षेत्रीय संयोजकहरू लगायतका सबै पदमा सर्वसम्मत चयन भएको छ।
आज १६ मार्च सोमबार दिउसो नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिने बताइएको छ।
यसरी चयन भएको नयाँ कार्यसमितिले एनआरएनएभित्रको गुटबन्दी अन्त्य गर्दै विश्वभर छरिएका नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने विश्वास गरिएको छ।
महाधिवेशनको समापनसँगै डा. हेमराज शर्माको नेतृत्वमा आएको यो कार्यसमितिले वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्या समाधान,नेपालमा लगानी भित्र्याउने वातावरण सिर्जना र नेपाली नागरिकताको निरन्तरता जस्ता मुद्दाहरूमा ठोस काम गर्ने अपेक्षा गैरआवासीय नेपाली समुदायले गरेको छ।
यो टीमले सहमतिको बाटो रोज्दै एनआरएनए पुनःएकपटक बलियो साझा संस्थाको रूपमा स्थापित हुने आफूले विश्वास लिईएको छ।
एनआरएनएको १२औँ विश्वसम्मेलन १४ मार्च २०२६ शनिबार राजधानीमा सुरु भएको थियो भने नयाँ नेतृत्व चयनसहित आज १६ मार्च २०२६ सोमबार समापन हुदैछ। काठमाडौंमा जारी १२औँ महाधिवेशनको समापन कार्यक्रम प्रधानमन्त्री सुशीला कार्कीले समापन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया