समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

कंचनपुरका पत्रकार सुरेश धामीको उपचारका लागि महासंघ बेलायत शाखाले गर्यो सहयोग

  शीतलपाटीन्युज डटकम | ४ चैत्र २०८२, बुधबार ०९:३८

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश धामीको उपचारका लागि नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग उपलब्ध गराएको छ। प्यान्क्रियाजमा ट्युमर भएपछि काठमाडौँ शिक्षण अस्पताल (केएमसी) सिनामंगलमा उपचाररत धामीको सहयोगार्थ बेलायत शाखाले ६५ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो।


नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव विश्वासदीप तिगेला र कार्यसमिति सदस्य बाचस्पति रेग्मीको टोलीले संकलित रकम महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई केन्द्रीय कार्यालयमा पुगेर हस्तान्तरण गरेको हो।

गम्भीर स्वास्थ्य समस्याका कारण लामो समयदेखि अस्पतालमा भर्ना भएका धामीको शल्यक्रिया पछिको संक्रमणका कारण उपचार खर्चिलो भएको थियो।

पत्रकारिता बाहेक आयआर्जनको अन्य बलियो स्रोत नभएका धामीको परिवारले उपचारमा आर्थिक अभाव भएपछि सहयोगका लागि अपील गरेको थियो। सोही अपीलका आधारमा केन्द्रले बेलायत शाखालाई सहयोगका लागि समन्वय गरेको थियो।

रकम बुझ्दै महासंघले संकटको घडीमा विदेशमा रहेका पत्रकार साथीहरूबाट प्राप्त यो सहयोगले ठूलो राहत पुग्ने बताएको छ। महासंघले सहयोगका लागि बेलायत शाखाप्रति आभार समेत व्यक्त गरेको छ।

अपदबिपदमा परेका पत्रकार एवम अन्य नेपाली नागरीकका लागि नेपाल पत्रकार महासंघ बेलायत शाखाले विभिन्न किसिमका सहयोग पुर्याउंदै आइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ