समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

एनबीसी यूकेले नयाँवर्ष २०८३ को अवसरमा “शुभकामना साँझ” आयोजना गर्दै

  शीतलपाटीन्युज डटकम | ७ चैत्र २०८२, शनिबार १६:१२

GNNNEWS-
लण्डन – युकेमा सक्रिय सामाजिक संस्था नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेले अपांग बालबालिकाको सहयोगार्थ नयाँ वर्ष २०८३ को अवसरमा‘शुभकामना साँझ’आयोजना गर्न लागेको छ। सांस्कृतिक र सामुदायिक सद्भावलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रमले नेपाली समुदायलाई एकै स्थानमा भेला भई रमाइलो गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।

आगामी अप्रिल १२,२०२६ (आइतबार) का दिन ब्लु रुम, २२० हेडस्टोन लेन,ह्यारोमा आयोजना हुने कार्यक्रम साँझ ५:३० बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमका प्रमुख आकर्षण रोचक गीत संगीत,नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिहरू रहने छन्।

कार्यक्रममा सहभागीहरूले लाइभ म्युजिक,डिजे तथा नृत्य सत्र, समूहगत सांस्कृतिक प्रस्तुति लगायतका आकर्षक मनोरञ्जनको आनन्द लिन सक्नेछन्। साथै,कार्यक्रमले परिवार तथा साथीभाइसँग भेटघाट,संवाद र सहभोजमार्फत समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको एनबीसी यूकेका अध्यक्ष समीर नाथ प्याकु-यालले बताए।

सो कार्यक्रममा सहभागी हुन १३ वर्षमाथिका सहभागीका लागि ४० पाउण्ड तथा ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि २० पाउण्ड शुल्क तोकिएको छ।

एनबीसी यूकेले यस कार्यक्रममार्फत संकलित रकमबाट बचत हुने राशि नेपालस्थित चन्द्रागिरि नगरपालिका–१४,नैकापमा रहेको सृजनशील विशेष शिक्षा विद्यालयलाई सहयोग गर्ने जनाएको छ। उक्त विद्यालयले अपाङ्गता भएका बालबालिकाको शिक्षा तथा विकासमा योगदान पुर्‍याउँदै आएको छ।

आयोजकका अनुसार कार्यक्रममा सहभागी भई नयाँ वर्ष मनाउनुका साथै विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने अवसर समेत प्राप्त हुने भएकाले समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

सिट संख्या सीमित भएकाले यो लिंकमा गएर समयमै बुकिङ गर्न आयोजकले अनुरोध गरेका छन् :

NEPALI NEW YEAR 2083

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ