काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र सञ्चालन भएका व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने छ ।
दर्ता नभएको खण्डमा व्यवसाय बन्द गरी नियमानुसार जरिवाना गराउने महानगरले जनाएको छ । महानगरको राजस्व विभागले सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।
महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको भन्दै एक महिनाभित्र नजिकको वडा कार्यालयमा गएर दर्ता गर्न विभागले भनेको छ।
महानगरले व्यवसाय दर्ता नगराइ सञ्चालन गरेमा बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया