समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

एनआरएनए फ्रान्सको विवाद मिल्यो,अध्यक्ष डा.शर्मा पेरिसमा

  शीतलपाटीन्युज डटकम | ९ चैत्र २०८२, सोमबार ०९:२२

शीतलपाटीन्युज डटकम।
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्मा पनि एकताको सुरुआत भएको छ। एनआरएनए फ्रान्समा लामो समयदेखि चलेको विवाद अन्त्य भएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माको उपस्थितिमा आइतवार साँझ भएको भेलाले दिलीप गुरुङको नेतृत्वमा एकीकृत एनआरएनए फ्रान्सको कार्यसमिति चयन गरेको छ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को मार्च १४–१६,काठमाडौंमा सम्पन्न १२ औं वृहत एकता महाधिवेशनपछि डा.शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका थिए। त्यसपछि समानान्तर गतिविधि गर्दै आएका एनसीसीहरुको एकता प्रक्रिया सुरु भएको हो।

काठमाडौंमा‘फेस–टु–फेस’मिटिङ सकेर अध्यक्ष डा.शर्मा सिधै फ्रान्स पुगेका थिए। त्यहाँ दिलीप गुरुङ र मीन श्रेष्ठ नेतृत्वको दुई कार्यसमिति मर्ज भएका छन्। समझदारी अनुसार दिलीप गुरुङले एनसीसीको नेतृत्व गर्नेछन् भने मीन श्रेष्ठलाई आईसीसी सदस्य बनाउने सहमति भएको छ।

कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ र लाल बहादुर सोडारी, महासचिवमा राजु बस्नेत,कोषाध्यक्षमा समिक्षा थापा,सचिवमा निरजचन्द्र सोडारी र जीत कुमार विश्वकर्मा,महिला उपाध्यक्षमा निलिमा शाही र विष्णस शाही,खुल्ला उपाध्यक्षमा सरोज अधिकारी, सहकोषाध्यक्षमा श्रवण कुमार मैनाली,महिला संयोजकमा यमकला पौडेल र किरण चालिसे, युवा संयोजकमा मिलन रसाइली,सदस्यमा मनोज गुरुङ्ग,विष्णु दुवाडी,सन्दिप गुरुङ्ग,रम्भा तामाङ्ग,दिपेन्द्र लामा,कृष्ण महर्जन र रम्ना राई रहेका छन्। आईसीसी सदस्यमा लोक बहादुर पुन चयन भए भने शिवराम भण्डारीलाई पछि मनोनयन गर्ने प्रस्ताव गरिएको छ।

अध्यक्ष डा.शर्मा भन्छन्,”आईसीसी एकता भएपछि एनसीसीको एकता मेरो प्राथमिकतामा रहेको छ। फ्रान्सबाट सुरु भएको एनसीसी एकता प्रक्रिया अन्य देशमा पनि चाँडै सुरु हुने विश्वास छ।”उनले एनआरएनए फ्रान्स मिलाउन सहयोग गर्ने संस्थापक तथा पूर्व अध्यक्षहरूलाई धन्यवाद दिएका छन्।

यसअघि नोभेम्बर ३० मा केन्द्रमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता प्रक्रिया सुरु भएको थियो। त्यसपछि मार्च १४–१६ मा एकता महाधिवेशन सम्पन्न भएको थियो र सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिन प्रयास गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ