समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

१० करोडको वैदेशिक रोजगारी कल्याणकारी कोष बनाउने एनआरएनएको तयारी

  शीतलपाटीन्युज डटकम | १० चैत्र २०८२, मंगलवार ०३:५९

शीतलपाटीन्युज डटकम।
लण्डन। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सहयोगार्थ १० करोड रुपैयाँको “वैदेशिक रोजगारी कल्याणकारी कोष” स्थापना गर्ने तयारी गैरआवासीय नेपाली संघ (एनआरएनए) ले थालेको छ।

वैदेशिक रोजगारीमा रहेका तथा स्वदेश फर्केका नेपालीहरूको सुरक्षा,राहत,उद्धार,स्वास्थ्य उपचार,कानुनी सहयोग तथा पुनर्स्थापना सुनिश्चित गर्ने उद्देश्यसहित आगामी डेढ वर्षभित्र कोषको आकार १० करोड रुपैयाँ पुर्‍याउने लक्ष्य निर्धारण गरिएको संघका अध्यक्ष डा.हेमराज शर्माले जानकारी दिएका छन्।

गत शुक्रबार काठमाडौंमा सम्पन्न संघको पूर्ण बैठकले विश्वभर रहेका पञ्जीकृत सदस्यहरूबाट प्रति सदस्य १ अमेरिकी डलरका दरले संकलन हुने करिब १ करोड ५० लाख रुपैयाँ, संस्थामा हाल मौज्दात रहेको ३ करोड रुपैयाँ तथा कार्यसमिति बैठकमा पदाधिकारी,सदस्य र उपस्थित प्रतिनिधिहरूबाट स्वेच्छिक योगदानमार्फत करिब १ करोड रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ। बाँकी अपुग रकम दाताहरू तथा सदस्यहरूसँग समन्वय गरी जुटाउँदै १० करोड रुपैयाँको स्थायी कोष स्थापना गरिने जनाइएको छ।

बैठकले विभिन्न देशहरूमा हुने आकस्मिक मृत्यु, दुर्घटना वा अन्य विपद्मा परेका श्रमिकका परिवारलाई कानुनी सहयोग उपलब्ध गराउने तथा श्रमिकका समस्याहरूको सम्बोधनका लागि काठमाडौंस्थित सचिवालयमा छुट्टै कर्मचारी व्यवस्था गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ