समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

प्रधानमन्त्री बालेन शाहको नियुक्तिले जनतामा भरोसा पुनः स्थापित:एनआरएनए

  शीतलपाटीन्युज डटकम | १३ चैत्र २०८२, शुक्रबार १७:२५

शीतलपाटीन्युज डटकम।
नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई एनआरएनएको बधाई
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नवनियुक्त प्रधानमन्त्री बालेन शाह लाई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरेको छ। संघका अध्यक्ष डा.हेमराज शर्मा ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको नियुक्तिले नयाँ सोच,ऊर्जा र आशा जगाउँदै जनताको भरोसा पुनः स्थापित गर्ने अपेक्षा बढाएको बताएका छन्।
विज्ञप्तिमा उल्लेख गरिएको छ कि शाहको कार्यकालमा गैरआवासीय नेपाली संघ र विदेशमा रहेका नेपालीहरूले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो र विश्वसनीय साझेदारको रूपमा योगदान पुर्‍याउने अपेक्षा राखिएको छ। विशेष गरी,विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको अनुभव,ज्ञान,सीप र पूँजीलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्ध,समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा उनीहरूलाई साझेदार बनाइनेमा संघ विश्वस्त रहेको छ।

साथै,विज्ञप्तिमा सरकारको नेतृत्वले सुशासन,भ्रष्टाचारमुक्त पारदर्शिता र दिगो विकासतर्फ राष्ट्रलाई अग्रसर बनाउनेमा एनआरएनए विश्वस्त रहेको जनाइएको छ। जनताको अभूतपूर्व जनादेशसहित यहाँको नेतृत्वले विगतका परम्परागत अभ्यास तोड्दै विश्व इतिहासमै नयाँ पुस्तालाई शासनको जिम्मेवारी सुम्पिएको उल्लेखनीय उदाहरण प्रस्तुत गरेको पनि बताइएको छ।
अन्तमा,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको धारा ७६ (१)अनुसार नेपालको सम्मानीय प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा श्री बालेन शाहज्यू लाई गैरआवासीय नेपाली संघको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै,उनको कार्यकाल सफल, प्रभावकारी तथा ऐतिहासिक हुने शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ