समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ लण्डनमा च्यारिटी

  शीतलपाटीन्युज डटकम | १६ चैत्र २०८२, सोमबार ०५:५२

शीतलपाटीन्युज डटकम।
लण्डन। वरिष्ठ हृदय रोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ लन्डनमा एक च्यारिटी कार्यक्रम आयोजना गर्न लागिएको बारे जुम मार्फल घोषणा गरीयो।

के–पाल्स यूकेकी ट्रष्टी प्रसुना कडेलले संचालन गरेको सो कार्यक्रममा वरिष्ठ हृदय रोग विशेषज्ञ डा भगवान कोइराला,के–पाल्स यूकेका ट्रष्टीहरु प्रा डा सत्यन राजभण्डारी,डा रमेश कोजु तथा शिवजी श्रेष्ठले च्यारिटी डिनरबाट संकलित रकम किओचले बालबालिकाका लागि सेवा विस्तार तथा सुधारका लागि प्रयोग गरीने बताउनु भएको छ।

मातृभूमिको ७ वटै प्रदेशमा सुबिधा सम्पन्न बाल अस्पताल बनाउने Kathmandu Institute of Child Health – KIOCH
(https://www.kioch.org.np ) को अभियान अन्तर्गत हाल कोशी प्रदेसको दमक र बागमती प्रदेसको काठमाडौँ (धापासी) मा बालअस्पताल संचालनमा आइसकेको छ। सरकारको मात्र मुख नताकी आफ्नैतर्फ बाट पनि केहि गरौ भन्ने महान सोचका साथ् नेपालका सुप्रसिद्ध हृदयरोग बिशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा अन्य प्रदेशमा पनि क्रमश: बाल अस्पताल स्थापना गर्ने क्रममा विश्वका बिभिन्न मुलुकमा रहेका सहृदयी नेपालीहरुबाट सहयोग र सहकार्यको पहल भैरहेको सन्दर्भमा बेलायतमा रहेका नेपालीहरुले पनि आफ्नो तर्फ बाट सकेको सहयोग गरौ भन्ने भावनाका साथ् गठन गरिएको KPALS UK को आयोजनामा सन् २०२३ को जुलाइमा डा कोइरालाको उपस्थितिमा बेलायतमा भएको कार्यक्रमहरुमा यहाहरुको सक्रिय सहभागिताको लागि धन्यबाद छ।
यसै गरी यस बर्ष पनि अप्रिल १८ मा KPALS UK को सहयोगार्थ लण्डनमा च्यारिटी कार्यक्रम आयोजना हुदैछ।

यस सम्बन्धमा डा भगवान कोइराला समेतको उपस्थितिमा Kathmandu Institute of Child Health – KIOCH र KPALS UK को गतिनिधितथा आगामी कार्यक्रमको बारेमा समेत जानकारी दिन एबम केहि महत्वपूर्ण सरसल्लाह गर्न Sunday 29 March UK Time 14:15 (नेपाली समय साँझ ७ बजे) Press Meet via Zoom राखि कार्यक्रम बारे बिस्तृत छलफल भयो। सो अवसरमा च्यारीटी कार्यक्रममा सहभागी भै सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिएको छ।
प्रेष मीटमा FNJ UK का अध्यक्ष बिमला सेनी र पत्रकारहरु तथा बिबिसी युकेका पुर्व भगीरथ योगीको उपस्थिती थियो।

च्यारिटी कार्यक्रमको विवरण:
मिति: शनिबार,१८ अप्रिल २०२६
स्थान: Blue Room Sports Venue, Harrow, London HA2 6LY
समय: बेलुका १७:३० बजे देखि।

Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ