समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

१९ चैत्रबाट हुने एसईई २०८२ को तयारी पुरा, ५ लाख १२ हजार सहभागी हुदै

  शीतलपाटीन्युज डटकम | १८ चैत्र २०८२, बुधबार १३:५९

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण गर्ने निर्णय गरेको छ। यसपालि परीक्षा जहाँ सञ्चालन हुन्छ,त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्ने योजना लागू गरिएको हो। यसले नतिजा छिटो,प्रभावकारी र पारदर्शी बनाउने उद्देश्य राखेको बोर्डले जनाएको छ।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको निर्देशन अनुसार एसईई नतिजा एक महिनाभित्र सार्वजनिक गर्न बोर्डले तयारी पूरा गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, “परीक्षा केन्द्रमा शिक्षक नभए वा असुरक्षित महसुस भएमा शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गर्दै अर्को सुरक्षित स्थानबाट परीक्षण गरिने व्यवस्था मिलाइएको छ। अन्यथा, सम्बन्धित केन्द्रबाटै परीक्षण हुनेछ।”

यस वर्षको एसईई परीक्षा सञ्चालनका लागि १,९६६ परीक्षा केन्द्र कायम गरिएको छ। ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्,जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा,२ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी छन्। जापानको एभरेस्ट स्कुलमा २३ विद्यार्थीले पनि परीक्षा दिनेछन्।

परीक्षा सुरु हुनुअघि सम्बन्धित प्रदेश र जिल्ला अधिकारीहरूको भर्चुअल बैठक भइसकेको छ। प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा केन्द्रमा वितरण भइसकेको छ भने केन्द्राध्यक्ष,कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटिने तयारी पूरा भएको छ।परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।

अघिल्ला वर्षमा उत्तरपुस्तिका परीक्षण गोप्यरूपमा प्रदेश पार गरेर गरिन्थ्यो,तर यसपालि सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गरिने भएको छ। बोर्डले एसईईलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न सबैसँग आग्रह गरेको छ।

यस तयारीसँगै एसईई परीक्षा ढिला नतिजा र अनावश्यक ब्रीज कोर्स कार्यक्रमबाट विद्यार्थीलाई पर्ने तनाव घटाउने लक्ष्य राखिएको छ।
(हिमाली पत्रीका)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ