शीतलपाटीन्युज डटकम।
काठमाडौं। पूर्व युवराज पारस शाहलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। आज बिहान करिब ८ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय हस्पिटल भर्ना भएका हुन् ।
अस्पतालमा रहदा शाहको मुटुमा राखिएको इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटरको ब्याट्री सफलतापूर्वक प्रतिस्थापन गरिएको छ। शाहको बिहान साढे ९ बजे आईसीडीको ब्याट्री फेर्ने प्रक्रिया सम्पन्न गरिएको अस्पतालले जनाएको छ।
उपचारमा संलग्न चिकित्सक डा.यादव भट्टका अनुसार अहिले शाहको अवस्था स्थिर रहेको छ र केही दिन अस्पतालमै राखेर निगरानीमा उपचार गरिने छ।
आईसीडी उपकरण मुटुको अनियमित धड्कन नियन्त्रण गर्न प्रयोग गरिने महत्वपूर्ण प्रविधि हो,जसको ब्याट्री समय–समयमा परिवर्तन गर्नुपर्ने हुन्छ।
(हेल्थवाणीबाट)
प्रतिक्रिया