शीतलपाटीन्युज डटकम।
काठमाडौं । नेपाल सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको प्रमुख कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो।
कँडेल पूर्वसञ्चारकर्मी,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका कानुनी सल्लाहकार,शरविविरुद्धका मुद्धाको लिड लयर तथा गैरआवासीय नेपाली संघ युकेका पूर्वउपाध्यक्ष हुन्।
महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हुनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने संवैधानिक जिम्मेवारीमा रहन्छन् । साथै,सरकारवादी हुने सबै मुद्दामा बहस पैरवीको नेतृत्व समेत महान्यायाधिवक्ताले नै गर्छन् ।
प्रतिक्रिया