समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

काठमाण्डौ महानगरपालिकाले ट्राफिक जाममा सहजीकरण गर्न मोटरसाईकल एम्बुलेन्स सेवा संचालन गर्ने

  शीतलपाटीन्युज डटकम | २५ चैत्र २०८२, बुधबार १५:५९

शीतलपाटीन्युज डटकम।

काठमाडौं। काठमाडौं महानगरपालिकाले ट्राफिक जामका कारण आपतकालीन स्वास्थ्य सेवामा हुने ढिलाइलाई कम गर्न मोटरसाइकल एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ। एम्बुलेन्स सेवालाई थप छिटो,सहज र व्यावहारिक बनाउने उद्देश्यसहित महानगरले दुईपांग्रे एम्बुलेन्स अवधारणा अघि सारेको हो।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आपतकालीन अवस्थामा बिरामीसम्म सकेसम्म छिटो चिकित्सक पुर्‍याउन स्वास्थ्य विभागलाई मोटरसाइकल एम्बुलेन्स सञ्चालनको तयारी गर्न निर्देशन दिएकी छन्। ट्राफिक जामका कारण ठूला एम्बुलेन्स समयमै पुग्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै मोटरसाइकलमार्फत तत्काल स्वास्थ्यकर्मी पठाउने व्यवस्था गरिने जनाइएको छ।

यस सेवाअनुसार बिरामीलाई अस्पताल लैजानुअघि मोटरसाइकल एम्बुलेन्सबाट चिकित्सक घटनास्थलमै पुग्नेछन्। साथै एम्बुलेन्स कहाँ पुग्दैछ,त्यसमा को–को छन् भन्ने जानकारी बिरामीका आफन्तले थाहा पाउने प्रणाली समेत विकास गर्ने तयारी भइरहेको छ।

महानगरले २०७६ वैशाखमै नेपाल एम्बुलेन्स सेवासँग सम्झौता गरी यसका लागि करिब १३ करोड ४४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइसकेको जनाएको छ। हाल अभ्यासको क्रममा एक जना बिरामीका लागि करिब १ हजार ६०५ रुपैयाँ खर्च हुने गरेको र उक्त खर्च महानगर आफैंले व्यहोर्दै आएको जानकारी दिइएको छ।

स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीका अनुसार उपत्यकाका अन्य पालिकासँग सहकार्य गरेर सेवा विस्तार गर्ने सम्भावनाबारे छलफल भइरहेको छ। वित्त विभागका प्रमुख डा.शिवराज अधिकारीले लागत घटाउँदै सेवाको गुणस्तर बढाउने विषयमा अध्ययन आवश्यक रहेको बताएका छन्।

महानगरले सम्पर्क गरेपछि ८ मिनेटभित्र बिरामीसम्म एम्बुलेन्स पुग्ने मापदण्ड तय गरेको छ। उक्त लक्ष्य पूरा गर्न उपत्यकामा करिब ४९ वटा एम्बुलेन्स आवश्यक पर्ने आकलन गरिएको छ। नयाँ योजनासँगै काठमाडौंमा आपतकालीन स्वास्थ्य सेवा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
(रचना रिमाल फेन क्लवबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ