समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

नागढुंगा सुरुङमा तिर्नुपर्ने दस्तुर दर सार्वजनिक

  शीतलपाटीन्युज डटकम | २७ चैत्र २०८२, शुक्रबार ०६:२८

शीतलपाटीन्युज डटकम।
काठमाडौं। सरकारले नागढुंगा सुरुङ प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक गरेको छ। यस्तो दर २६ साउन २०८२ मा तय भएको थियो। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बिहीबार दस्तुर दर सार्वजनिक गरेको हो।

सार्वजनिक दर अनुसार कार,भ्यान,पिकअप,ट्रयाक्टर,माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौं छिर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्ने छ। मिनीबस, मिनी ट्रिपर/ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ८० रुपैयाँ तिर्नुपर्छ ।

बस,ट्रक(सिंगल रियर एक्सल)को हकमा काठमाडौं छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ दस्तुर तोकिएको छ। मल्टी एक्सल ट्रक/सवारी साधन र भारी उपकरणलाई भित्र छिर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ