समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

कुमुदिनी होम्समा अंग्रेजी भाषाको कार्यशाला सम्पन्न

  शीतलपाटीन्युज डटकम | ३० चैत्र २०८२, सोमबार १५:००

शीतलपाटीन्युज डटकम।
पोखरा,२९,चैत्र। पोखरा महानगरपालिका वडा नं.४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले मन्टेश्वरीदेखि दश कक्षासम्म अध्यापन गराउने शिक्षक शिक्षिकाहरूकालागि अंग्रेजी भाषा सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

माल्भर्न कलेज यू.के.का हेड अफ सर्भिस एण्ड कम्युनिटी पार्टनरसिपका नाथन स्मिथले कसरी प्रभावकारी रुपमा अंग्रेजी सिकाइ र शिक्षण गर्ने भन्ने विषयमा केन्द्रित भएर सहजिकरण गरेका थिए। मेजर कृष्ण बहादुर गुरुङ र हितमान गुरुङको संयोजकत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो।

विज्ञान प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गइरहेकाले शिक्षण सिकाइ क्रियाकलाप झन् चुनौतिपूर्ण बन्दै गएकाले शिक्षकहरूलाई यस्ता पुनर्ताजगीका कार्यक्रम आवश्यक परेको कुरा विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो । माल्भर्न कलेजसँग छिट्टै सहकार्य गरेर अगाडि बढ्ने कुरा समेत अध्यक्ष पालिखेले जानकारी गराउनुभयो।

निजी तथा सामुदायिक दुवै विद्यालयका शिक्षकहरूमा अंग्रेजी सिकाइ र शिक्षण स्तरलाई माथि उकास्न निरन्तर प्रयासरत रहेको कुरा संयोजक मेजर कृष्ण बहादुर गुरुङले बताउनुभएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो।
साभार- क्लिक गण्डकी।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ