समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

ईलाम समाज बेलायतको अध्यक्षमा धन बहादुर राई चयन

  शीतलपाटीन्युज डटकम | ३० चैत्र २०८२, सोमबार १६:१०

शीतलपाटीन्युज डटकम।
लण्डन। ईलाम समाज बेलायतको सातौ अधिवेशनले धन बहादुर राईलाई आगामी तीन वर्षका लागि अध्यक्षमा चयन गरेको छ। अधिवेशन अप्रिल ११ मा एम्पायर हल् अल्डरसटमा सम्पन्न भएको थियो।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा कृष्णबीर तामांग र मेजर नवल किरण याक्खा,महिला उपाध्यक्ष मिना गुरुङ,महासचिव चोक गुरुङ,सचिव इन्द्र बहादुर राई,कोषाध्यक्ष डम्बर राई तथा सह–कोषाध्यक्ष धन अशोक राई,खेल संयोजक लेख राज राई,जनसम्पर्क/मिडिया संयोजक प्रेम बहादुर राई चयन भएका छन्।

नयाँ कार्यसमिति चयनका लागि संस्थाका पुर्ब अध्यक्ष प्रमिला लाबुंगको संयोजकत्वमा रमेश बुर्जा सदस्य–सचिव र मान बहादुर राई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन समितिका संयोजकले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

कार्यक्रममा निबर्तमान अध्यक्ष टेक बिर राईले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरे। नव निर्बाचित अध्यक्ष धन बहादुर राईले संस्थालाई अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनु भयो।

यसअघि उद्घाटन सत्र अध्यक्ष टेकबीर राईको अध्यक्षता र महासचिव याम कमल गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। उपाध्यक्ष धन बहादुर राईले स्वागत मन्तव्य राख्नु भएको थियो। पूर्व अध्यक्ष राजेन्द्र राईले शुभकामना व्यक्त गरेका थिए।

अधिवेशनमा महासचिवले प्रगति प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष घनश्याम गुरुङले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो। छलफल पछि दुवै प्रतिबेदन पारित गरिएको थियो।

(प्रमिला लाबुंग राई)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ