समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

वेष्ट मिडलैण्डमा भब्य मनाईयो नयाबर्ष २०८३

  शीतलपाटीन्युज डटकम | २ बैशाख २०८३, बुधबार ०६:२४

शीतलपाटीन्युज डटकम।
लण्डन। हाम्रो नेपाली समाज वेष्ट मिडल्यान्डले नेपाली नयाँ वर्ष २०८३ लाई एक विशेष कार्यक्रमका साथ मानाएर सम्पन गरेको छ। वुल्भरह्याम्पटनको सितारा कम्युनिटी हलमा विशेष सांगितीक कार्यक्रमकाबीच शुभकामना आदानप्रदान गरि नयाँ वर्ष २०८३ मनाईएको हो।

साझा नेपाली समाज यूकेका अध्यक्ष नारायण फुयांल प्रमुख अतिथि रहेको नयाँ वर्षको कार्यक्रम अवसरमा एक दर्जन कार्यक्रम प्रस्तुत गरीएको थियो। सो अवसरमा प्रस्तुत नेपाली नृत्य कार्यक्रमका प्रमुख अतिथि फुयालले खुलेर प्रशंसा गुर्नभयो। नयाँ वर्षको शुभकामना दिंदै उहाले हाम्रो नेपाली समाजले नेपाली कला र संस्कृतिको जर्गेनाका लागि खेलेको भुमिकाका लागि धन्यवाद दिनुभयो।

बेलायतमै जन्मिएका बालबालिकालाई पनि आफ्नो कला र संस्कृतिको ज्ञान दिन र नेपाली कला र संस्कृतिलाई विश्वमाझ चिनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनु भयको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै समाजका संस्थापक अध्यक्ष गंगाधर गौतमले समाजले विगत २० वर्षदेखि बेलायतमा रहेका नेपालीहरुलाई एकताको सुत्रमा बाध्ने काम गरेको स्मरण गर्दै उहाँले पछिल्लोसमय महिलाले नेतृत्व गरिरहेको संस्था नेपाली कला र संस्कृतीको संरक्षणका लागि बेलायत भर नै उदाहरणीय बनेको बताउनु भयो। कार्यक्रममका समाजका अध्यक्ष लक्ष्मी खरालले नेपाली भाषा कक्षा सञ्चालन गरेरै नेपाली भाषा,कला र संस्कृतीको जर्गेनाका लागि संस्थाले काम गरिरहेको जानकारी दिनु भएको थियो।

हरेक आईतबार हुने भाषा कक्षामा सहभागि हुने सम्पूर्ण भाईबहिनीलाई धन्यवाद पनि दिनुभयो। कार्यक्रममा उपस्थित सबैलाई नयाँ वर्ष २०८३ को शुभकामना दिदै उहाँले समाजको आफ्नै भवनका लागि कोष संकलन अभियान शुरु भइसकेको भन्दै सबैको साथ,सहयोग र सहभागिताका लागि अपिल पनि गर्नुभयो।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवम् साझा नेपाली समाज यूकेका उपाध्यक्ष शिव खराल,गल्कोट समाज यूकेका उपाध्यक्ष सुरेश भण्डारी,बेलायतको सरल सहकारीका अध्यक्ष गुरु भण्डारी,समाजका संस्थापक अध्यक्ष गंगाधर गौतम,पूर्व अध्यक्षहरु मिलन सापकोटा,कृष्ण शर्मा,गोमा पौडेल तथा निवर्तमान अध्यक्ष भिम शर्मा लगायत दुई सय जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा समाजको निमन्त्रणामा नेपालबाट आउनुभएकी गायिका सपना रोका मगरले आफ्नो सांगितीक प्रस्तुति दिएर सबैलाई झुमाउदै मनोरन्जन दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ