GNNNEWS-
अल्डरशट।विश्व हिन्दु महासंघ युकेको आयोजनामा विश्वभर फैलिँदै गएको युद्ध,अशान्ति र अस्थिरताबाट मानव समाजलाई बचाउन तथा आध्यात्मिक ऊर्जाको अभिवृद्धि गर्ने उद्देश्यले एक दिवसीय “विश्वशान्ति यज्ञ”आयोजना गरिएको छ।

आजको विश्वमा भौतिक समृद्धि र सम्पदाको सम्पन्नता हुँदाहुँदै पनि आध्यात्मिक ऊर्जाको अभावका कारण मानव समाज विभिन्न दुरावस्थामा फसेको निष्कर्षसहित उक्त यज्ञ आयोजना गरिएको हो। यस यज्ञमार्फत विश्व शान्ति,सामाजिक सद्भाव र सकारात्मक ऊर्जाको कामना गरिएको थियो।

नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा आइतबार (१९ अप्रिल)मा आचार्य दुर्गाप्रसाद पोख्रेलको प्रमुख आचार्यत्वमा आयोजित यज्ञमा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत बिपिन दुवाडी,लगायत समाजका अगुवा तथा भक्तजनहरुको उपस्थिति थियो।

विश्व हिन्दु महासंघ युकेकी अध्यक्ष राजु मल्लले यज्ञ सम्पन्न गर्न सघाउने सबैलाई हार्दिक धन्यवाद दिएकी छन्।
(तस्बिर: शिव भण्डारी)
प्रतिक्रिया