समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

राष्ट्रपति पौडेलद्वारा १७ बैसाखमा संघीय संसद्को बैठक आह्वान

  शीतलपाटीन्युज डटकम | ९ बैशाख २०८३, बुधबार २०:५३

शीतलपाटीन्युज डटकम।
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गर्नुभएको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो। यो अधिवेशन बजेट अधिवेशन पनि हो। जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नुपर्छ। बजेटअघि प्रि-बजेट छलफलसमेत हुनेगर्छ।

यसअघि गत फागुन २१ गते भएको निर्वाचनपछि चैत १९ गते संसदको पहिलो अधिवेशन आह्वान भएको थियो। सो अधिवेशनले प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल र उपसभामुखमा रुबीकुमारी ठाकुर तथा राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारीलाई निर्वाचित गरेको छ।

यस्तै प्रतिनिधिसभाका समितिहरूका सभापतिको निर्वाचन पनि भएको छ भने प्रतिनिधिसभाको नयाँ नियमावली मस्यौदा गर्न समिति गठन भएको समितिले सभामुख अर्याललाई प्रतिवेदन पनि बुझाएको छ।

(कान्तिपुर टीभी)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ