शीतलपाटीन्युज डटकम।
पोखरा। पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्न पोखरा आएका छन्। निजी भ्रमणका क्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिँदा राजा समर्थकहरूले विमानस्थलमा स्वागत गरेका थिए।
पोखरामा पूर्वराजाको स्वागत र भ्रमण व्यवस्थापनका लागि समर्थकहरूले भ्रमण व्यवस्थापन समिति बनाएका छन् ।राजतन्त्र समर्थकहरूले राष्ट्रिय झन्डा हातमा लिएर उनको स्वागत हुन्।
विमानस्थल परिसरमा बाजागाजासहित पूर्वराजाको स्वागत गरिएको देखिएको थियो। उहाहरु एक महिना पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बस्नुहुने भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले जानकारी दिएका छन। उनका अनुसार पोखरा बसाइका क्रममा पूर्वराजाले गण्डकी प्रदेशका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने छन्।
त्यसैगरी उहाहरुको पोखरा बसाइका क्रममा विभिन्न व्यक्तिहरूसँग भेटघाटसमेत गर्नुहुने तालिका रहेका भ्रमण व्यवस्थापन समितिले जनाएको छ।
प्रतिक्रिया