समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

युरोपाटीलाई पोर्चुगलमा विशेष सम्मान

  शीतलपाटीन्युज डटकम | ११ बैशाख २०८३, शुक्रबार २०:२९

शीतलपाटीन्युज डटकम।
पोर्चुगल —युरोपबाट निरन्तर नेपाली भाषा र नेपालीपनलाई जोड्ने कार्य गर्दै आएको अनलाइन पत्रिका “युरोपाटी डट कम” लाई पोर्चुगलको राजधानी लिस्बनमा विशेष सम्मान गरिएको छ।

हालै सम्पन्न “नयाँ वर्ष २०८३”को अवसरमा आयोजित बृहत् साँस्कृतिक कार्यक्रमलाई सफल पार्न सञ्चार क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै युरोपाटीलाई यो सम्मान प्रदान गरिएको हो।

डाफे इन्टरटेनमेन्टको आयोजनामा गत अप्रिल १९ तारिखका दिन चर्चित गायक अर्जुन सापकोटा र स्थानीय कलाकारहरूको उपस्थितिमा सम्पन्न भएको साँस्कृतिक कार्यक्रमको सूचना सम्प्रेषण र प्रवद्र्धनमा युरोपाटीले नेतृत्वदायी भूमिका खेलेको थियो । सोही निस्वार्थ सहयोगको कदर गर्दै हिजो लिस्बनस्थित’ब्लूमुन रेस्टुरेन्ट बार एण्ड ग्रिल’मा आयोजित एक अनौपचारिक समारोहमा प्रशंसापत्र हस्तान्तरण गरिएको हो।

तामाङ समाज पोर्चुगलका अध्यक्ष मिलन गुरुङ र स्वयम्भू रेस्टुरेन्टका सञ्चालक नेत्र गुरुङले संयुक्त रूपमा युरोपाटी डट कमलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रममा सम्मान ग्रहण गर्दै युरोपाटी डट कमका प्रधान सम्पादक तथा अध्यक्ष पुस्तक रेग्मीले भन्नुभयो: “हाम्रो प्रयास सधैं प्रवासमा रहेका नेपालीहरूलाई जोड्ने र यहाँ हुने राम्रा गतिविधिहरूलाई विश्वभरका नेपालीसम्म पुर्‍याउने हो । यो सम्मानले हामीलाई थप जिम्मेवार बनाएको छ।” उहाँले आयोजकलाई भव्य कार्यक्रमका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै नेपाली कला-संस्कृति झल्काउने कार्यक्रमहरू गर्न आग्रह गर्नुभयो।

उक्त अवसरमा युरोपाटीका साथै अन्य सञ्चार माध्यमहरू डिजिटल लिस्बन,ओला नमस्ते नेपाल र गण्डकी खबरलाई पनि सम्मान गरिएको थियो। कलाकारहरू सुमन खड्का,सरद एल जी र व्यवस्थापन तर्फका तिर्सना सेन्चुरी,जोन गुरुङ तथा आर्यन दियालीलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो।

डाफे इन्टरटेनमेन्टका सञ्चालक अनिल घिमिरेले सञ्चार माध्यम र कलाकारहरूको साथबिना प्रवासमा यस्ता कार्यक्रमहरू सफल हुन नसक्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि सबैको सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो। यो सम्मानले प्रवासमा रहेर नेपाली पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूमा थप उत्साह थपेको महसुस गरिएको छ।
दियोपाटीन्युजबाट)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ