शौतलपाटीन्युज डटकम।
लन्डन– गुल्मी जिल्ला समाज यूकेमा पहिलोपटक महिला अध्यक्ष चयन भएको समाचार छ । अध्यक्ष पदका दावेदार मुकुन्द खराल र क्या. ताम ढेगा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि मन्जु भण्डारी निर्विरोध अध्यक्ष बनेको हो। नवौं कार्यसमितिको अध्यक्ष पदमा यसअघि उम्मेदवारी दर्ता गराएका थिए।

संस्था स्थापनाको प्रारम्भदेखि नै गुल्मी जिल्ला समाजको विभिन्न भूमिकामा सक्रिय मञ्जुले कार्यसमिति सदस्य,सांस्कृतिक सचिव, प्रवक्ता,सचिव हुंदै दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन्।
मीन दर्लामी निर्वाचन संयोजकका अनुसार,२१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको जनाउनु भएको छ। जसअनुसार उपाध्यक्षद्वयमा क्या.ताम ढेगा र डा.विष्णु घिमिरे,महासचिव महलाल घिमिरे,सचिव राधा खरेल,कोषाध्यक्ष अर्जुन बस्नेत र सह-कोषाध्यक्षमा माया केसी निर्विरोध भएका छन।
त्यस्तै गरि कार्यसमितिको सांस्कृतिक सचिवमा दीपक थापा मैथाने र प्रवक्ता सुरेश केसी चयन भएका छन् । सदस्यहरुमा मेजर बुद्धि भण्डारी,सूर्यविक्रम केसी,वासुदेव पोखरेल,लक्ष्मण पौडेल,रामप्रसाद पन्थी, पूण्यहरि अर्याल,हिरा सापकोटा,हरिप्रसाद अर्याल,वसन्त खनाल,विश्वप्रताप सिंह, सुधिर गौतम र गीता काफ्ले निर्विरोध निर्वाचित भएका छन्। समाजको अधिवेशन आगामी मे ३ मा हुने र निर्विरोध निर्वाचित कार्यसमितिको औपचारिक घोषणा सो दिनमा हुने जनाईएको छ।
प्रतिक्रिया