समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

निर्वाचनको समयमा नेपाल–भारत सीमा ७२ घण्टा सिल हुने

  शीतलपाटीन्युज डटकम | ३ कार्तिक २०७९, बिहीबार २२:१९

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ ।

भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा आज सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए ।

कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरू बीच छलफल भएको थियो । उनका अनुसार बैठकमा सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ–आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको छ ।

‘बैठकमा निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका सिल गर्ने सहमति भएको छ’, उनले भने, ‘निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा नाकामा सुरक्षा निगरानी बढाउने समझदारी भएको छ ।’

संयुक्त बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अर्याल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलाली कञ्चनपुरका प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू, राष्ट्रिय अनुसन्धानका अधिकारीहरू, कञ्चनपुर भन्सार कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख, महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका निर्देशक, नापी तथा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलगायतको सहभागिता थियो ।

भारतीयपक्षबाट उद्धमसिंहनगर उत्तराखण्डका डीएम युगल किशोर पन्त, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का ५७ बटालियन सीतारगञ्जका प्रमुख अनिल कुमार, उद्धमसिंहनगरका प्रहरी प्रमुख एसएसपी मञ्जुनाथ टीसीलगायतका अधिकारीहरूको सहभागिता थियो ।

स्थानीयस्तरका समस्या समाधान र अपराध नियन्त्रणका लागि हरेक तीन÷तीन महिनामा नेपाल–भारत संयुक्त बैठक हुँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ