समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

गण्डकी प्रदेश प्रहरी अस्पताल,पोखराको भवन उद्घाटन सम्पन्न

  शीतलपाटीन्युज डटकम | १३ बैशाख २०८३, आईतवार १६:२६

शीकलपाटीन्युज डटकम।
वैशाख -१३,पोखरा। गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतमा गण्डकी प्रदेश प्रहरी अस्पताल,पोखराको नव निर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

मुख्यमन्त्री पाण्डेले नवनिर्मित भवनहरूको अवलोकन गर्नुहुँदै भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पुर्वाधारहरुको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउने दायित्व नै प्रदेश सरकारको प्रथम प्राथमिकता रहेको बताउनुभएको थियो।

यसका साथै प्रहरी संगठनको सिप,क्षमता र दक्षता थप सुढृण हुने बिश्वस्त रहेको बताउदै मुख्यमन्त्री पाण्डेले नव निर्मित भवहरु सँगसँगै विशेषज्ञ सेवा विस्तारमा समेत गण्डकी प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पतालको स्रोत साधन बिकासमा सहयोग गर्दै आएको पोखरा महानगरपालिकाको सहयोगलाई निरन्तरता प्रदान गर्ने बताउनुभएको थियो। श्री पश्चिम पृतना हेड्वाटर विजयपुर पोखराका प्रमुख भोलानाथ थापा,आन्तरिक मामिला तथा संचार मन्त्रालय गण्डकी प्रदेश पोखराका सचिव ऋषिराम आचार्य,नेपाल प्रहरी अस्पताल महाराजगंज,काठमाडौका प्रमुख प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.सुन्दर प्रसाद ह्योजुको विशेष उपस्थिती रहेको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी अस्पताल,पोखराका प्रमुख प्रबिधिक प्रहरी वरिष्ठ उपरीक्षक अभीमन्यु श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी कार्यालयका प्राबिधिक प्रहरी नायव उपरीक्षक ईन्जिनियर चिरञ्जिवी प्रताप महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यबाद व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले निर्माण कार्यमा सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई गण्डकी प्रदेश प्रहरीले सदा स्मरण गर्ने बताउनु भएको थियो।

प्रहरी नायव महानिरीक्षक जिसीले विषम परिस्थितिहरुमा विचलित नभईकन अपराध अनुसन्धान तथा नियन्त्रण र मानवीय उद्दारका क्षेत्रमा नविनतम प्रविधि र प्रकृयाहरुको समुचित उपयोग गर्ने सिप र क्षमताको विकासमा जोड दिँदै थप दृढताका साथ कटिवद्व रहने कुराको प्रतिवद्वता समेत व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ