समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुदै

  शीतलपाटीन्युज डटकम | १५ बैशाख २०८३, मंगलवार १३:११

शीतलपाटीन्युज डटकम।
लण्डन,२७ अप्रिल २०२६। पाल्पा जिल्ला समाज यूके (पाल्पाली भञ्ज्याङ) ले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी २७ जुन २०२६ (शनिबार) आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम Farnborough स्थित Samuel Cody School मा दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ।

यस कार्यक्रमको तयारीका लागि २५ अप्रिल २०२६ मा अध्यक्ष गोपाल थापाको अध्यक्षतामा बैठक बसेको थियो। जसको सञ्चालन संस्थाका महासचिव दल थापाले गर्नुभएको थियो। थापाले विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै तयारीलाई तीव्रता दिएको हो। समाज स्थापना भएदेखि निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष १६औँ संस्करणको रूपमा आयोजना हुन लागेको हो।

कार्यक्रममा खानपानको व्यवस्था Aldershot स्थित The Palace Restaurant ले गर्नेछ। उक्त रेष्टुरेन्टका प्रोप्राइटर तथा समाजका संस्थापक अध्यक्ष ऋखिराम राना हुनुहुन्छ। मनोरञ्जनतर्फ स्थानीय कलाकारहरूसँगै नेपालबाट आउने पाल्पाली राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। उनीहरूले दोहोरी तथा लोकगीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

कार्यक्रमका लागि बेलायतस्थित नेपाली राजदूतावासलाई निमन्त्रणा गरिएको साथै विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

यसका साथै कार्यक्रममा राफल ड्र,सांस्कृतिक प्रस्तुति तथा शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूको सम्मान कार्यक्रम पनि समावेश गरिएको छ। GCSE मा उत्कृष्ट नतिजा ल्याउने तथा उच्च शिक्षा पूरा गर्ने व्यक्तिहरूलाई सम्मान गरिनेछ।

कार्यक्रममा सहभागी हुनका लागि ६ देखि १२ वर्षका लागि £१५ र १३ वर्ष माथिका लागि £२५ टिकट दर निर्धारण गरिएको छ भने ५ वर्ष मुनिका बालबालिकाका लागि प्रवेश निःशुल्क रहनेछ।

समाजका अध्यक्ष गोपाल थापा तथा महासचिव दल थापाले कार्यक्रम सफल बनाउन सम्पूर्ण पाल्पाली समुदायलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

त्यसैगरी समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक खुम कँवरले कार्यक्रमलाई भव्य र सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
(समाचार-पुर्व अध्यछ बम थापा सुर्यबंशी)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ