समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

पोखराका अन्जन श्रेष्ठ उद्योग वाणिज्य महासंघ अध्यक्ष

  शीतलपाटीन्युज डटकम | २३ बैशाख २०८३, बुधबार १३:०९

पोखरा। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान भएको छ। सोमबार महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटनपछि मंगलबार मतदान भएको हो। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्छन्सो।ही अनुसार अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन्।

महासंघको उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि हेमराज ढकाल र शिवप्रसाद घिमिरेका २ प्यानल चुनावी मैदानमा छन्।अध्यक्ष श्रेष्ठले आफ्नो आगामी तीन वर्षे कार्यकालमा निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुनः परिभाषित गर्ने वाचा गरेका छन्।

महासंघको साधारणसभाका उनले सरकारले निजी क्षेत्रलाई साक्षी होइन, सहकार्यकर्ता मान्ने वातावरण बनाउन निरन्तर पहल गर्ने वाचा गरे। ‘नीति निर्माणमा, बजेट निर्माणमा, ऐन–कानुन निर्माणमा र अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको आवाज सुनिने र प्रतिविम्बित हुने प्रणाली विकास गर्ने छु,’ उनले भने।

श्रेष्ठले आफ्नो कार्यकालमा निजी क्षेत्रप्रतिको धारणामा परिवर्तन ल्याउन काम गर्ने बताए। ‘उद्यमी भनेको शोषक होइन,सम्पत्ति निर्माता हो,व्यवसायी भनेको कर छली गर्ने होइन, राज्यलाई कर तिर्ने सहयात्री हो, यो सत्य समाजमा स्थापित गर्न महासंघले व्यवस्थित अभियान चलाउने छ,’उनले भने।

आगामी कार्यकालमा जिल्ला,नगर उद्योग वाणिज्य संघ,वस्तुगत र क्षेत्रगत संघहरूको कामलाई बढी प्रभावकारी बनाउने श्रेष्ठले बताए। महासंघ केन्द्रमा मात्र होइन,हरेक जिल्लामा, हरेक प्रदेशमा आफ्ना सदस्यहरूको आवाज बन्ने भन्दै उनले महासंघ सचिवालयलाई व्यावसायिक, सक्षम र सेवामुखी बनाउने घोषणा गरे।
समाधान न्युजबाट।

Advertisement

तपाईको प्रतिक्रिया

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ