समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

बर्न्ट ओक नेप्लिज कम्युनिटी आमा समूहद्वारा च्यारिटी रन आयोजना

  शीतलपाटीन्युज डटकम | २३ बैशाख २०८३, बुधबार १८:५४

GNNNEWS
लन्डन – बर्न्ट ओक नेप्लिज कम्युनिटी आमा समूहद्वारा आयोजना गरिएको च्यारिटी ५ किलोमीटर रन उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ। स्थानीय मन्टरोज प्लेइङ्ग फिल्डमा आइतबार बिहान ९ बजे सुरु भएको च्यारिटी रनमा ४० भन्दा बढी महिला सहभागीहरूको जोशिलो उपस्थिति रह्यो। उक्त परोपकारी दौड कार्यक्रम करिब १५०० पौण्ड संकलन गर्न पनि सफल रह्यो।

दौड सुरु हुनु अघि बर्न्ट ओक नेप्लिज कम्युनिटीका अध्यक्ष खमिर जंग गुरुङले सबै सहभागीहरूलाई दौड क्षेत्र र सुरक्षाबारे ब्रिफिङ्ग गरेका थिए। अध्यक्षकै काउन्टडाउनमा शुरु भएको दौडमा सिरु खड्काले २७ मिनेट ३६ सेकेन्डमा पहिलो,शिखा थापाले २७ मिनेट ५८ सेकेन्डमा दोस्रो र अनिता कार्कीले २८ मिनेट १० सेकेन्डमा तेस्रो स्थान हासिल गरे। कार्यक्रममा स्थानीय काउन्सिलरहरु कमल गुरुङ,लक्ष्य गुरुङ,सारा कन्वे र सार्लोट डाउस पनि उपस्थित थिए।


दौडपछि बर्न्ट ओक नेप्लिज कम्युनिटीका अध्यक्ष खमिर जंग गुरुङले समाजको हरेक कार्यमा सम्पुर्ण सदस्यहरुको साथ, सहयोग र माया प्राप्त हुनु एउटा सौभाग्यको कुरा हो भन्दै सबै सहभागीहरुलाई धन्यवाद दिए। अध्यक्ष गुरुङले उठेको रकम वाटलिङ कम्युनिटीमा ‘ओपन डे’ कार्यक्रम संचालन गर्न स्थानीय च्यारिटीलाई हस्तान्तरण गरिने पनि जनाए । उनले आमा समूहलाई विशेष धन्यवाद दिंदै दान संकलन कार्य जारी रहेकोले अन्य इच्छुक व्यक्तिले अझै पनि सहयोग गर्न सक्ने बताए।

काउन्सिलर सारा कन्वेले बर्न्ट ओक नेप्लिज कम्युनिटी साँच्चिकै अद्भुत भएको बताइन्। ‘कम्युनिटी सेन्टरमा भैरहेको ‘वंडरफुल वेडनसडे‘ लगायत तपाईंहरूले समुदायका लागि गर्दै आउनुभएको कार्य प्रेरणादायी छ,’उनले भनिन्। त्यस्तै काउन्सिलर सार्लोट डाउसले बर्न्ट ओक नेप्लिज कम्युनिटी बर्न्ट ओकको मुटुमा रहेको छ भन्दै बिहान सबेरै पार्कमा आएर दौडने उत्साह देख्दा सधैँ खुशी लागेको भन्दै सबैलाई धन्यबाद दिइन्।

महासचिव हेलिशा गुरुङले आमा समूहलाइ विशेषतः ज्येष्ठ आमाहरूको सक्रिय सहभागिताप्रति आभार प्रकट गर्दै च्यारिटी रन सुरु गर्ने पहल लिएकोमा आमा समूहकी अध्यक्ष श्रीमती मन्जु गुरुङको भूमिकाको प्रशंसा गरिन्।

कार्यक्रममा सहभागी तथा स्वयंसेवकहरूका लागि पानी, चिया, कफी र स्न्याक प्याकको पनि व्यवस्था गरिएको थियो। समाजकासदस्य सरल क्षेत्रीले दौडमा सहभागी धावकहरुको रात्री भोजनका लागि नगद सहयोग प्रदान गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ