शीतलपाटीन्युज डटकम।
काठमाडौं। सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपीमा बढुवा भएका छन्। शुक्रबार गृह मन्त्रालयले ७ जना एसपीलाई एसएसपी पदमा बढुवा गरेको हो।
गएको वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले रिक्त ७ एसएसपी पदमा बढुवा सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा गृह मन्त्रालयले बढुवा निर्णय कार्यान्वयन गरेको जनाएको छ।
एसएसपीमा बढुवा हुने एसपीहरुमा दीपककुमार थापा,सुधीर सुवेदी,महेश केसी,प्रकाशकुमार सुबेदी,चित्रांगत दाहाल,सुभाष भण्डारी तथा प्रदीपसिंह कार्की रहेका छन्।
त्यस्तै गृह मन्त्रालयले सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) पदमा समेत बढुवा गरेको छ। बढुवा समितिको सोही बैठकको सिफारिसअनुसार उनीहरू डीआईजीमा बढुवा सिफारिस भएका थिए।
बढुवा भएका अधिकृतहरूलाई सोमबार सशस्त्र प्रहरी बल मुख्यालयमा आयोजित कार्यक्रममा दज्र्यानी चिन्ह प्रदान गरिने बताइएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरूलाई फुली लगाइदिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया