समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

संवैधानिक परिषदले डा.मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस गर्यो

  शीतलपाटीन्युज डटकम | २७ बैशाख २०८३, आईतवार ०९:११

शीतलपाटीन्युज डटकम।
काठमाडौं। संवैधानिक परिषदले डा.मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको परिषद् बैठकले न्यायाधीश शर्माको नाम प्रधानन्यायाधीशका लागि अनुमोदन गर्दै औपचारिक सिफारिस गरेको हो।

यसअघि न्याय परिषद् ले प्रधानन्यायाधीश पदका लागि ६ जनाको नाम सिफारिस गरेको थियो,जसमा डा.शर्मा पनि परेका थिए।

२०७६ वैशाखमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका शर्मा लामो समयदेखि न्यायिक क्षेत्रसँग आबद्ध रहँदै आएका छन् । अब उनको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै प्रधानन्यायाधीश पदमा औपचारिक नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

प्रधानन्यायाधीश सिफारिससँगै अब सर्वोच्च अदालतको भावी नेतृत्व, न्यायिक सुधार र संवेदनशील मुद्दाको सुनुवाइलाई लिएर कानुनी तथा राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ