समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

३ दिने वज्रसत्व महासाधनाका लागि लण्डन आइपुगे लुङ्गरिक रिन्पोछे

  शीतलपाटीन्युज डटकम | २ जेष्ठ २०८३, शनिबार ०८:३४

पुर्ण गुरुड्ग,
लण्डन – बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेद्वारा आयोजना हुन लागेको ३ दिने वज्रसत्व महासाधनाका लागि श्रद्धेय धर्मगुरु दोर्जे लोपन लुङ्गरिक रिन्पोछे लण्डन आइपुगेका छन्।

बीसीसी यूकेले आउँदो मे २९ देखि ३१ तारिखसम्म अल्डरसटस्थित गुम्बामा आयोजना गर्ने वज्रसत्व महासाधनामा सहभागी हुन रिन्पोछे गत मंगलबार लण्डन आएका हुन्।

उनको स्वागतका लागि बीसीसी यूकेका प्रमुख लामा खेन्पो छिरिङ,खेन्पो यन्तेन,प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा प्रमुख शारदा गुरुङ,पूर्वअध्यक्ष नरेश गुरुङ तथा समाजसेवीहरू मिन गुरुङ र तर्कजंग गुरुङ हिथ्रो विमानस्थल पुगेका थिए। त्यस्तै,उनलाई सोही दिन बीसीसी युकेका महासचिव कुमार गुरुङ,एमभिओ,संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा,समाजसेवी क्याप्टेन बुद्ध गुरुङलगायतले बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा पनि स्वागत गरेका थिए ।
उक्त वज्रसत्व महासाधनालाई अत्यन्त गम्भीर,पवित्र तथा सामूहिक वज्रयान साधनाका रूपमा लिइन्छ। यो एक सय यिदम कुलपति वज्रसत्वको साधना पनि हो,जुन महान् तेर्तोन तेर्दग लिङ्पाद्वारा प्रकाशित अमूल्य निधि उपदेश मानिन्छ। यसको मूल स्रोत गुरु पद्मसम्भवलाई मानिएको छ।

यस महासाधनामा मण्डल निर्माण,तोर्मा तथा विविध अर्पणको व्यवस्था,दिनमा चार सत्रसम्म साधना,निरन्तर मन्त्रजप, ध्यान तथा मुद्राहरूको अर्पणसहित सम्पूर्ण विधिपूर्वक अभ्यास गरिनेछ ।
वज्रसत्व महासाधनालाई महायोग,अनुयोग र अतियोग–तीनै आन्तरिक तन्त्रहरूको सार समेटिएको अत्यन्त शक्तिशाली साधनाका रूपमा व्याख्या गरिन्छ। विशेषगरी वर्तमान पतित युगमा पाप शुद्धि, समया शुद्धि,पुण्य सञ्चय तथा शीघ्र आशीर्वाद प्राप्तिका लागि यो दुर्लभ र अनुपम अवसर मानिएको छ।

दोर्जे लोपन लुङ्गरिक रिन्पोछेको अगुवाइमा सञ्चालन हुने उक्त ३ दिने वज्रसत्व महासाधनामा सहभागिता जनाउनु वर्षौंको एकान्त साधनासरह पुण्यदायी मानिने विश्वास छ। यस दुर्लभ महाशुद्धि साधनामा सहभागी हुन सम्पूर्ण श्रद्धालु तथा साधकहरूलाई आयोजक बीसीसी यूकेका प्रमुख सल्लाहकार एवं साधना संयोजक मेजर खुशीमान गुरुङले हार्दिक अनुरोध गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ