समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

डिएसपी दिवस जीसी वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित

  शीतलपाटीन्युज डटकम | २ जेष्ठ २०८३, शनिबार ०९:५९

शीतलपाटीन्युज डटकम।
काठमाडौँ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख DSP दिवसबहादुर जिसीलाई २०८३ साल वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरी पुरस्कृत गरेको छ।

प्रदेश प्रहरी कार्यालयले सङ्गठनात्मक नीति निर्देशनबमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई व्यावसायिक ढङ्गले निर्वाह गरेको भन्दै जिसीलाई उक्त सम्मान प्रदान गरेको हो।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ पानडाँडाका ४४ वर्षीय पदमबहादुर केसीको गोली लागेर मृत्यु भएको घटनाको सफल अनुसन्धान तथा दोषीलाई कानुनी दायरामा ल्याउन जिसीले नेतृत्वदायी भूमिका निर्वाह गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बताएको छ।

मकैबारी जोगाउन बाँदर लखेट्न जाँदा केसीमाथि गोली प्रहार भई मृत्यु भएको घटनाको अनुसन्धानमा प्रभावकारी भूमिका खेलेकाले उनलाई यो सम्मान दिइएको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जिसीलाई उक्त पुरस्कार प्रदान गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिएका छन्।
(जलजला खवरबाट साभार)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ