समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

एनआरएनले मुद्धा हाल्ने चेतावनी दिए पछि ३६ जना चिकित्सकको लाइसेन्स खारेजी निर्णय फिर्ता

  शीतलपाटीन्युज डटकम | ५ जेष्ठ २०८३, मंगलवार ०६:१२

शीतलपाटीन्युज डटकम।
काठमाडौं। नेपाल मेडिकल काउन्सिलले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज हालका लागि स्थगित गरेको छ । काउन्सिलको दुई चरणमा गरी ३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो।

तर,यसको चर्को विरोध भएपछि काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले हालका लागि उनीहरूको नाम दर्ता किताबमै राख्ने निर्णय गरेको हो।

यसअघि गैरआवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै लाइसेन्स खारेजीको निर्णय फिर्ता लिन माग गरेको थियो । एनआरएनए स्रोतका अनुसार उक्त निर्णय फिर्ता नलिए कानुनी उपचारमा जाने तयारी संघले गरेपछि काउन्सिल हच्किएको हो। गैरआवासीय नेपाली संघका महासचिव चिरञ्जीवी खड्काले काउन्सिलको निर्णयलाई स्वागतयोग्य बताएका छन्। उनले गैरआवासीय नेपालीहरूका सबै अधिकारहरू नेपाली नागरिक सरह हुनुपर्नेमा जोड दिएका छन्।

काउन्सिलले यसअघि‘नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४,नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १९ जना चिकित्सकको काउन्सिलको दर्ता कितावबाट नाम दर्ता खारेज’ गर्ने निर्णय गरेको थियो।

काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेका अनुसार अब संसारभरि रहेका गैरआवासीय नेपाली चिकित्सकलाई दर्ताका लागि आह्वान गरिने छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ