समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

आत्महत्या,दुर्घटना र लागूऔषधमा तीव्र वृद्धिका कारण सुदूरपश्चिममा चिन्ताजनक अवस्था

  शीतलपाटीन्युज डटकम | ६ जेष्ठ २०८३, बुधबार ०७:१०

शीतलपाटीन्युज डटकम।
सुदूरपश्चिम प्रदेशमा सामाजिक तथा सुरक्षा अवस्था गम्भीर बन्दै गएको देखिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले सार्वजनिक गरेको वैशाख महिनाको तथ्याङ्कअनुसार एक महिनामै ५८ जनाले आत्महत्या गरेका छन् । दैनिक औसतमा करिब २ जनाको ज्यान जाने गरेको छ । तीमध्ये ५३ जना झुन्डिएर र ५ जना विष सेवन गरेर आत्महत्या गरेको पाइएको छ।

उमेरगत विवरणअनुसार २१–३० वर्ष समूह सबैभन्दा बढी प्रभावित छ, जहाँ २३ जनाले आत्महत्या गरेका छन् । १०–२० वर्षका १४ जना, ३१–४० वर्षका ८ जना, ४१–५० वर्षका २ जना र ५० वर्षभन्दा माथिका ११ जना रहेका छन्। प्रहरीका अनुसार डिप्रेसन, आर्थिक समस्या,असफलता,प्रेम सम्बन्ध र पारिवारिक तनाव प्रमुख कारण देखिएका छन्। प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार विद्यालय तहदेखि नै सचेतना र काउन्सिलिङ आवश्यक छ।

यस्तै,सवारी दुर्घटनाको अवस्था पनि चिन्ताजनक छ। एक महिनामा १९३ दुर्घटनामा १४ जनाको मृत्यु र ३१६ जना घाइते भएका छन्। अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीले जनाएको छ।

त्यस्तै,विपद् घटनामा ११ जनाको मृत्यु र ८१ लाखभन्दा बढी क्षति भएको छ भने लागूऔषध कारोबारमा १६६ जना पक्राउ परेका छन्। प्रहरीले नियन्त्रण प्रयास जारी राखे पनि समस्या गम्भीर बन्दै गएको देखिन्छ।
(सुदुर खबरबाट।)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ