शीतलपाटीन्युज डटकम।
काठमाडौं — आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत कर्मचारीको तलब वृद्धि गर्ने तयारी सरकारमा रहेको संकेत देखिएको छ।
प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्ले नेतृत्वको आर्थिक टिमले अन्य अनावश्यक खर्च कटौती गरी कर्मचारीको पारिश्रमिक समायोजन गर्ने योजना अघि बढाइरहेको बताइएको छ।
यो सम्भावित नीतिगत निर्णयको चर्चासँगै सरकारी कर्मचारीहरूमा खुशी छाएको छ।
लामो समयदेखि तलब समायोजनको माग गर्दै आएका कर्मचारीहरूले यसलाई सकारात्मक संकेतका रूपमा लिएका छन्।
स्रोतका अनुसार आगामी बजेटमा खर्च व्यवस्थापन सुधार गर्दै प्रशासनिक दक्षता र सेवा प्रवाहलाई प्राथमिकता दिइनेछ।
(बिबिसी नेपालीबाट)
प्रतिक्रिया