समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

स्व सुशीलको शव नेपाल पठाउन सहयोगका लागि एनआरएनए युकेले गर्यो आग्रह

  शीतलपाटीन्युज डटकम | ९ जेष्ठ २०८३, शनिबार १८:३२

GNNNEWS-
लन्डन – हालै बेलायतमा निधन भएका युवा सुशील पौडेलको शव नेपाल पठाउन सहयोग गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले आग्रह गरेको छ

लन्डनस्थित द ड्यानिस वाइएमसीएमा बस्दै आएका २६ वर्षीय पौडेलको हालै दुःखद निधन भएको हो। उनको निधनबारे गत अप्रिल २८ तारिखमा प्रहरीमा रिपोर्ट गरिएको थियो। उक्त घटनाबारे हाल कोरोनरको कार्यालयमार्फत अनुसन्धान प्रक्रिया जारी रहेको छ।

स्व.सुशील पौडेलकी आमा श्रीमती यशोदा पौडेलले सम्बन्धित निकाय,कानुनी टोली तथा सरोकारवालाहरूसँग समन्वय गरी आफ्नो छोराको शव नेपाल पठाउन सहयोग गरि दिन आग्रह गरेकी छिन।

“अन्तिम पटक आफ्नो छोराको मुख हेर्न र आफ्नो परम्परा तथा संस्कृतिअनुसार अन्त्येष्टि संस्कार सम्पन्न गर्न स्वर्गीय सुशीलकी आमाले आफ्नो छोराको शव नेपाल पठाइ दिन अनुरोध गर्नु भएको छ। विगतमा जस्तै यो मानवीय कार्यमा सक्दो सहयोग गर्न हामी बेलायतस्थित नेपाली समुदाय तथा संघ सस्थालाई हार्दिक अनुरोध गर्दछौं,” गैर आवासीय नेपाली संघ (एन रएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले भने।

यो लिंकमा गएर सक्दो सहयोग गर्न पनि उनले आग्रह गरे।

https://gofund.me/1f6ebf0d0

स्व.सुशीलका पिता देवराज पौडेलको तीन वर्षअघि नै निधन भइसकेको थियो। सुशील नै परिवारको एकमात्र आर्थिक आधार थिए। उनको निधनको खबरपछि आमा यशोदा पौडेल गम्भीर मानसिक तनाव तथा प्यानिक अट्याकबाट पीडित भएको उनको पारिवारिक सूत्रले जनाएको छ।

यस दुःखद घडीमा सम्बन्धित सबै निकाय,नेपाली समुदाय तथा सहयोगी मनहरूबाट सक्दो सहयोग र सहकार्यका लागि एनआरएनए युकेले अपिल गरेको छ।

Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ