समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

चितवन प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ४३ जना प्रतिवादी पक्राउ

  शीतलपाटीन्युज डटकम | १२ जेष्ठ २०८३, मंगलवार १८:०६

सुरेश कोईराला।
चितवन प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ परेकाहरूलाई सम्मानित चितवन जिल्ला अदालतमा पेश गरिएको छ। पक्राउ परेकामध्ये अभद्र व्यवहार, चेक अनादर,चोरी,जबरजस्ती करणी,बाल यौन दुरुपयोग,बैंकिङ कसुर,लागूऔषध तथा सवारी ज्यान मुद्दाका प्रतिवादी रहेका छन्।

चेक अनादरका १२ जना,चोरीका १० जना,जबरजस्ती करणीका २ जना,बाल यौन दुरुपयोगका १ जना,बैंकिङ कसुरका ३ जना, लागूऔषधका ८ जना तथा सवारी ज्यान मुद्दाका १ जना पक्राउ परेका हुन् ।

उनीहरूमाथि अदालतबाट तोकिएको जम्मा ४ वर्ष ८ महिना ६ दिन कैद सजाय तथा ७ लाख १० हजार ८२१ रुपैयाँ जरिवाना बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडल जानकारी दिनुभय।
https://www.facebook.com/share/v/1CHp3iaCCh/

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ