समाचार
|फ्लाई दुबईको पोखरा-दुबई उडान: वर्षदिनको टिकट बुकिङ खुलेसँगै पर्यटन क्षेत्र खुसी|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण

सर्वोच्चका न्यायाधीश बिरामी,आर्थिक सहयोग गर्न अपिल

  शीतलपाटीन्युज डटकम | १२ जेष्ठ २०८३, मंगलवार १९:०८

शीतलपाटीन्युज डटकम।
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ गम्भीर बिरामी परेर भारतमा उपचार गराइरहेका छन्।

श्रेष्ठ बिरामी भएपछि गत वैशाख ११ गतेदेखि इजलास बसेका थिएनन्। न्यायाधीश श्रेष्ठ हाल भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचाररत छन्।

न्यायपालिका अधिकृत समाजले मंगलबार एक सूचना जारी गर्दै न्यायाधीश श्रेष्ठ गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत रहेको जनाउँदै न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रूपमा यथाशक्य आर्थिक सहयोग गर्न पनि अपिल गरिएको छ।

सूचनामा न्याय सम्पादनको क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गर्दै शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ।
(रातोपाटीवाट साभार)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ