समाचार
|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह|नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देल बेलायतमा|एनआरएनएः दलमा आबद्ध र शुल्क नतिर्ने पदाधिकारीको पद खारेज|युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा विश्व आदर्श पण्डितको उम्मेदवारी घोषणा

नेपाल प्रहरीका १३ जना प्राबिधीक प्रहरी नायव उपरिक्षकहरु प्राबिधिक प्रहरी उपरीक्षकमा बढुवा शिफारीस

  शीतलपाटीन्युज डटकम | १४ जेष्ठ २०८३, बिहीबार १३:५७

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ।
प्रहरी प्रधान कार्यालय,बढुवा समितिको सचिवालयको बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको हो। समितिको निर्णयअनुसार डिएसपी ध्रुव कुमार श्रेष्ठलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

Screenshot

त्यसैगरी,प्राविधिकतर्फ स्वास्थ्य र इन्जिनियरिङ समूहका १२ जना डिएसपीहरू बढुवा सिफारिसमा परेका छन्। स्वास्थ्य (चिकित्सक) उप-समूहतर्फ ९ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। जसमा डा.शोभा वाग्ले,डा.सरोज सिंह,डा.बिकल श्रेष्ठ, डा.बोध विक्रम कार्की,डा.निर्मल घिमिरे,डा.नर्मन लामिछाने, डा.दिपा चुडाल,डा.सुवास थापा र डा.भवानी गुरुङ रहेका छन्।

यस्तै,प्राविधिक (इन्जिनियरिङ) समूह अन्तर्गतको सूचना प्रविधि उप-समूहतर्फ डिएसपीहरू ई.राम कुमार बस्नेत,सुनिल कुमार बरनवाल र राइज महर्जनलाई पनि एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।

प्रहरी नियमावली २०७१ को नियम २७ को उप-नियम (४) बमोजिम गरिएको यो सिफारिस सूचीलाई बढुवा समितिका सदस्य-सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले जानकारी दिए।
(लोकान्तरबाट)

Screenshot
Screenshot
Screenshot

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ