समाचार
|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध|भोटेकोशी-रसुवा बाढी पछि पुनर्निर्माणमा सहयोग गर्न बेलायत सरकारलाई नेपाली संघसंस्थाले गरे आग्रह

लमजुड्ग समाज बाल्टीमोर अमेरीकामा बनभोज आयोजना हुदै

  शीतलपाटीन्युज डटकम | १८ जेष्ठ २०८३, सोमबार १८:०६

सुरेश कोईराला,
बाल्टीमोर,अमेरीका। लमजुङ जिल्लाबाट रोजगारी शिलशिलामा मेरिल्याड राज्यमा DC मेट्रो क्षेत्रमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका लमजुङवासीहरूको साझा पहलमा “लमजुङ समाज” गठन गरिएको थियो।

Screenshot

समाजको स्थापना विशुद्ध सामाजिक सेवा,आपसी सद्भाव, सहयोग र एकताको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको बताइएको छ। जन्मथलो लमजुङबाट मेरिल्याड आइ विभिन्न पेशा,व्यवसाय तथा सेवामा आबद्ध लमजुङवासीहरूबीच आत्मीय सम्बन्ध,भाइचारा,सहकार्य तथा सामाजिक सद्भावलाई थप सुदृढ बनाउने समाजको मुख्य लक्ष्य रहेको जनाइएको छ।

समाजले लमजुङवासीहरूलाई एक साझा मञ्चमा आबद्ध गर्दै सामाजिक,सांस्कृतिक तथा रचनात्मक गतिविधिहरू सञ्चालन गर्ने योजना अघि सारेको छ। साथै,सदस्यहरूबीच आपसी सहयोग, समन्वय र सहकार्यको वातावरण निर्माण गरी समुदायको हितमा विभिन्न कार्यक्रम सञ्चालन गरिने समाजले जनाएको छ ।


समाजका उद्देश्य तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै संस्थागत विकासलाई सुदृढ बनाउन कार्यसमिति तथा सल्लाहकार समिति समेत गठन गरिएकोथियो नवगठित समितिहरूले समाजको दीर्घकालीन उन्नति,सामाजिक उत्तरदायित्वको प्रवद्र्धन तथा सदस्यहरूबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

समाजले आगामी दिनमा सामाजिक एकता,पारस्परिक सहयोग र समुदायको समग्र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। यही आउँदो जुलाई १२ मा बनभोज कार्यक्रम तयार गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ