सुरेश कोईराला,
बाल्टिमोर।
अमेरिका – हिन्दू धर्म,संस्कृति तथा आध्यात्मिक प्रवचनमार्फत विश्वभर परिचित लोकप्रिय कथावाचिका देवी प्रतिभा आगामी जुन १३ र १४ तारिखमा अमेरिकाको बाल्टिमोरमा विशेष कथावाचन कार्यक्रमका लागि आउने भएकी छन्।
क्रियापुत्री भवन तथा फ्युनरल होम निर्माण सहयोगार्थ Baltimore Association of Nepalese in America (बाना) द्वारा आयोजना गरिएको उक्त कार्यक्रम बाल्टिमोरस्थित Royal Palace,1700 Van Bibber Rd मा सम्पन्न हुनेछ।
कार्यक्रमबारे जानकारी दिँदै बानाका प्रभावशाली अध्यक्ष जितेन्द्र गुरुड्गले नेपाली समुदायलाई उपस्थित भई कथा श्रवण गर्न तथा पुण्य कार्यमा सहयोग पुर्याई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेका छन्।
आयोजकका अनुसार कथावाचन कार्यक्रमबाट संकलित सहयोग रकम क्रियापुत्री भवन (Funiral Home फ्युनरल होम)निर्माण कार्यमा उपयोग गरिनेछ। कार्यक्रममा बाल्टिमोर तथा आसपासका क्षेत्रका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको वानाका महासचिव सलिन वस्नेतले जनाउनु भएको छ।
प्रतिक्रिया