समाचार
|प्रहरी महानिरीक्षक पदलाइ सम्मानीत रांखौं : Retaired SSP बसन्त राज कुवर।|पश्चिम लण्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि २ करोड ५० लाख रुपैयाँ संकलन|लण्डनको अल्डरसटमा रहेको शिव मन्दिरमा गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री माननीय प्रकाश केसीलाई स्वागत एवम सम्मान|गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह|बेलायतमा नेपाली उद्यमीको पहलमा एआई आधारित स्वास्थ्य सम्बन्धि बहुएपहरू ल्याउने तयारी|बेलायतस्थित नेपाली समाज विल्सायर,स्विन्डनको अगुवाइमा नेपालका बाढी पीडितका लागि सहयोग संकलन|बेलायतको स्विन्डनको ABIS pubs Ltd द्वारा नेपालको बाढी पहिरोको लागी सहयोग संकलन|हमासले गरेको भीषण आक्रमणको चपेटामा परेर निर्दोष नेपालीहरुको मृत्यु शंझदा|नेपाली सेनाका प्रधान सेनापतिको बेलायत भ्रमण: लन्डनस्थित गोर्खा स्मारकमा पुष्पहार अर्पण|नेपाली कांग्रेसको पन्ध्रौँ अधिवेशनबाट अध्यक्षमा गगन थापा निर्बिरोध

बेपत्ता सशस्त्रका असई र युवती एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

  शीतलपाटीन्युज डटकम | २० जेष्ठ २०८३, बुधबार १६:००

शीतलपाटीन्युज डटकम।
२० जेठ,काठमाडौं। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनमा एक सशस्त्र प्रहरीका असई र एक युवती मृत अवस्थामा फेला परेका छन्। दुवै जना करिब एक महिनादेखि सम्पर्कविहीन रहेका थिए।

मृत भेटिनेहरूमा पर्साको बहुदरमाई–८ का सशस्त्र प्रहरी बल १५ नम्बर हेडक्वाटर पाँचखालमा कार्यरत असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार,बुधबार बिहान वन क्षेत्रमा अनुगमनका क्रममा उनीहरूको शव फेला परेको हो । खोजतलासका क्रममा उनीहरू हराइरहेको सूचना प्राप्त भएपछि प्रहरी सक्रिय रूपमा अनुसन्धानमा जुटेको थियो।

प्रहरीका अनुसार,दुवै जना वैशाखको तेस्रो साता देखिनै सम्पर्कमा थिएनन्। प्रारम्भिक अनुसन्धान अनुसार शर्मिला वैशाख १८ गते काभ्रेमा रहेका असई रामलाई भेट्न जाने भन्दै हिँडेकी थिइन् भने असई राम वैशाख १९ गतेबाट बिदामा रहेका थिए ।

परिवारले दुवै जना सम्पर्कविहीन भएपछि छुट्टाछुट्टै रूपमा प्रहरीमा खोजतलासको निवेदन दिएका थिए।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
(सौर्य खवरबाट।)

प्रतिक्रिया

ताजा समाचार

 

ट्रेन्डिङ